रङ्गेली बजारको सौन्दर्यकरणमा वडाध्यक्ष रामचन्द्र मण्डलको मौन तर निर्णायक योगदान

मिति: २०२५-०६-०३ , समय : २२:४३:३३ , Our Pradesh

Our Pradesh

रङ्गेली बजारको सौन्दर्यकरणमा वडाध्यक्ष रामचन्द्र मण्डलको मौन तर निर्णायक योगदान

रङ्गेली, मोरङ — रंगेली नगरपालिकाको समग्र विकास र विशेषगरी बजार क्षेत्रको सौन्दर्यकरणमा नगर प्रमुखको नेतृत्वजत्तिकै महत्वपूर्ण भूमिका निभाउने व्यक्तित्व हुन् रङ्गेली–७ का वडाध्यक्ष रामचन्द्र मण्डल। मिडियामा देखिन चाहँदैनन्, प्रचारमा रुचि छैन, तर काममा अग्रणी छन् मण्डल।

वडाध्यक्ष मण्डल दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि हुन्। नगरपालिकाका महत्वपूर्ण निर्णयहरूमा समेत उनको ठूलो सरसल्लाह तथा योगदान रहेको छ। आफै पनि कृषि पेशामा संलग्न रहँदै, समय व्यवस्थापन गर्दै जनताको सेवा, पूर्वाधार निर्माण, धार्मिक र शैक्षिक संरचना तथा समग्र वडाको सौन्दर्यमा उनले मौन रूपमा उल्लेखनीय योगदान दिँदै आएका छन्।

 

दुर्गा मन्दिर अगाडि निर्माणाधीन ‘दुर्गा पार्क’, कोल्ड स्टोर भवन, कालिमन्दिर परिसरमा निर्माणाधीन थ्री स्टार स्तरको धर्मशाला, अस्पताल, शैक्षिक संरचना तथा बजार क्षेत्रको सरसफाइ र व्यवस्थापन कार्यमा उनको सक्रियता नदेखी नहुने खालको छ। यसका अतिरिक्त मठ–मन्दिरको संरक्षणदेखि कृषि क्षेत्रमा प्रविधि प्रयोगसम्म उनले अग्रसरता देखाएका छन्।

स्थानीयवासीहरू भन्छन् – “कहिल्यै मञ्चमा चढेर भाषण नदिने, फोटो खिचाउन हतार नगर्ने तर काममा सधैं अग्रपङ्तिमा देखिने नेताको नमूना हुन् वडाध्यक्ष मण्डल। मिडिया र प्रचारको मोह नगरी उनले रंगेली–७ लाई विकास र अनुशासनको नमूना वडाका रूपमा स्थापित गर्नुभएको छ।”

 

विकास निर्माणका धेरै कार्यहरू सम्बन्धित वडा अध्यक्षको समन्वय र पहल विना सम्भव नहुने यथार्थ हो, र त्यस यथार्थलाई रामचन्द्र मण्डलले आफ्नो कर्मद्वारा पुष्टि गरिरहेका छन्। उनी रंगेली बजारको परिवर्तनशील रूपका

मौन नायक हुन्।

 

प्रकाशित मिति: २०२५-०६-०३ , समय : २२:४३:३३ , ३ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित