महाभोज सिनेमा देशव्यापी प्रदर्शनको लागि तयारीमा, प्रिभ्यु प्रिमियरमा दर्शकको उत्साह
मिति: २०२५-०६-१३ , समय : ११:५८:१५ , Our Pradesh
मिति: २०२५-०६-१३ , समय : ११:५८:१५ , Our Pradesh
Our Pradesh
महाभोज सिनेमा देशव्यापी प्रदर्शनको लागि तयारीमा, प्रिभ्यु प्रिमियरमा दर्शकको उत्सा
३० जेठ २०८०, विराटनगर
नेपाली सिनेमा ‘महाभोज’ यही जेठ ३० गते (शुक्रबार) देशव्यापी प्रदर्शन हुँदै छ।
प्रदर्शनको अघिल्लो दिन, जेठ २९ गते (बिहीबार) कोशी प्रदेशको विराटनगरस्थित सेन्ट्रल मल्टीप्लेक्समा सिनेमाको भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ।
प्रिमियर कार्यक्रममा सिनेमाका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ र निर्देशक दिनेश राउत, सहकारी पिडित महासंघ केन्द्रीय अध्यक्ष कुशलव केसी लगायत टिमका सदस्यहरूको उपस्थिति रहेको थियो। यस अवसरमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम, जसपा मोरङ जिल्ला अध्यक्ष एम. डी. नसरुल, नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की र विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए।
सिनेमा हेरेपछि दर्शकहरूले यसको कथा, प्रस्तुतीकरण र कलाकारहरूको अभिनयलाई खुलेर प्रशंसा गरे। धेरै दर्शकहरूले यस्तो महत्वपूर्ण सामाजिक विषय समेटिएको सिनेमालाई दुरदराजका जनतालाई निःशुल्क देखाउने सुझाव पनि दिएका थिए। प्रिमियरमा उपस्थित महानगरपालिका सहकारी साखाका कर्मचारीहरूले प्रतिक्रिया दिँदै भने, “यो सिनेमा नेताहरूसँग जोडिएका सामाजिक मुद्दालाई उत्कृष्ट रूपमा उजागर गरेको छ।”
यस अघि, सिनेमाले काठमाडौं, पोखरा र बुटवलमा सफल प्रिमियर गरेका थिए र अब विराटनगर र धरानमा विशेष प्रिभ्यु कार्यक्रम सम्पन्न गरिएको छ। सिनेमाको निर्माण हिमाल कडरियाले गरेका छन् र यसको विशेष प्रचार कार्य देशभरि फैलाइएको छ। सिनेमामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र अन्य कलाकारहरूको प्रभावशाली अभिनय देख्न पाइन्छ।
‘महाभोज’ले सहकारी आन्दोलन, सामाजिक विभेद र विद्रोहको कथालाई समेट्दै जनसरोकारको मुद्दा उठान गर्ने अपेक्षा गरिएको छ। यो सिनेमा समाजका गम्भीर समस्याहरूलाई उजागर गर्दै जनताको आवाज बनेको छ। सिनेमाको अग्रिम टिकट बुकिङ देशभर खुल्ला भइसकेको छ र दर्शकहरूले यसलाई सस्तो र सहज रूपमा हेर्न सक्नेछन्।
प्रकाशित मिति: २०२५-०६-१३ , समय : ११:५८:१५ , २ दिन अगाडि