रङ्गेली विद्युत प्राधिकरणको गाडीले ७५ वर्षीया लक्ष्मी न्यौपानेलाई ठक्कर दिएपछि फरार रहेका चालक र गाडी प्रहरी नियन्त्रणमा
मिति: २०२५-०६-१४ , समय : १६:२४:१९ , Our Pradesh
मिति: २०२५-०६-१४ , समय : १६:२४:१९ , Our Pradesh
Our Pradesh
रङ्गेली, ३० वैशाख – शुक्रबार राती १९:२४ बजे रङ्गेली नगरपालिका वडा नं. ४ स्थित आमतोला चोकमा एक पिकअप भ्यानले ७५ वर्षीया लक्ष्मी न्यौपानेलाई ठक्कर दिएको छ।
दुर्घटनामा घाइते भएकी लक्ष्मीलाई तत्काल रङ्गेली अस्पताल पठाइएको थियो र थप उपचारको लागि विराट टिचिङ अस्पताल पठाइएको छ।
विराटनगरदेखि रङ्गेली शाखा विद्युत प्राधिकरणको कार्यकारीलाई घर छोडेर फर्किने क्रममा ठक्कर दिएर पिकअप गाडी फरार भएको थियो। फरार गाडीको खोजी गर्न इलाका प्रहरी कार्यालय रङ्गेलीको टोली खटिएको थियो। प्रहरीको प्राविधिक टोलीले सूचना र सिसी क्यामेराको सहायतामा गाडी र चालकको पहिचान गर्दै गाडीलाई नियन्त्रणमा लिन सफल भएको छ।
प्रहरीको अनुसंधानपछि पत्ता लागेको छ कि फरार गाडी नेपाल विद्युत प्राधिकरण रङ्गेली शाखाको २१४६ नम्बरको गाडी थियो। सवारी चालक नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४३ वर्षीय पलट राउत कुर्मी रहेका छन्।
घटनामा संलग्न गाडी र चालक दुवै प्रहरी नियन्त्रणमा राखिएको छ र प्रहरीले थप अनुसन्धान गर्दै छ।
प्रकाशित मिति: २०२५-०६-१४ , समय : १६:२४:१९ , १ दिन अगाडि