एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

मिति: २०२५-०९-२० , समय : ०६:५३:०९ , Our Pradesh

Our Pradesh

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजि

एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८८ रन बनायो। १८९ रनको लक्ष्य पछ्याएको ओमानले पनि पूरा २० ओभर खेलेको तर चार विकेट मात्र गुमाएर १६७ रनमै सीमित भयो।

भारतका लागि अभिषेक शर्माले १५ बलमा ३८ रनको आक्रामक इनिङ खेले भने सञ्जु सामसनले ४५ बलमा ५६ रन बनाएर अर्धशतक प्रहार गरे। अन्तिम तीन ओभरमा भारतले मात्र २१ रन जोडेको थियो।

ओमानका फैसला शाह, जितेन रमनन्दी र आमिर कलमीले समान दुई-दुई विकेट लिए

जवाफी ब्याटिङमा ओमानका आमिर कलिमले ४६ बलमा ६४ रन र हम्माद मिर्जाले ३३ बलमा ५१ रनको अर्धशतक बनाए। कप्तान जतिन्द्र सिंहले पनि ३२ रनको योगदान दिए। तर, ओमानले लक्ष्य पछ्याउन नसकेर पराजित भयो।

भारतका बलरहरू हार्दिक पाण्ड्या, आर्शदीप सिंह, हरसित राना र कुलदीप यादवले समान एक-एक विकेट लिए।

यो जितसँगै अपराजित भारत ६ अंकसहित समूह ‘ए’को विजेता बनेर सुपर फोरमा प्रवेश गरेको छ भने ओमान प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति: २०२५-०९-२० , समय : ०६:५३:०९ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित