रङ्गेलीमा मृत्यु पश्चात ‘जिउँदै छ’ भन्दै हल्ला, अस्पतालमा केही समय तनाव

मिति: २०२५-१०-१९ , समय : २१:५७:२९ , Our Pradesh

Our Pradesh

रङ्गेलीमा मृत्यु पश्चात ‘जिउँदै छ’ भन्दै हल्ला, अस्पतालमा केही समय तनाव

मोरङको रङ्गेली नगरपालिका–६ नेमाटोल निवासी अन्दाजी ५० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएपछि अस्पताल परिसर केही समय तनावग्रस्त बनेको छ।

आज साँझतिर उपचारका लागि अस्पताल ल्याइएका यादवको चिकित्सकले मृत्यु पुष्टि गरेका थिए। तर पोस्टमार्टमका लागि लैजाने क्रममा केही आफन्तले उनी जिउँदै छन् भन्दै हल्ला गरेपछि अस्पतालमा उत्तेजना फैलिएको हो।

 

आक्रोशित आफन्तहरूले अस्पतालका चिकित्सकमाथि आरोप लगाएपछि स्थिति केही समय नियन्त्रणबाहिर गएको थियो। अहिले इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी, चिकित्सक र मृतकका आफन्तबीच वार्ता भइरहेको छ।

 

चिकित्सकले पुनः ईसीजी गरेर यादवको मृत्यु भइसकेको पुष्टि गरे

का छन्।

 

प्रकाशित मिति: २०२५-१०-१९ , समय : २१:५७:२९ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित