समाजसेवी युवा नेता सलीम अन्सारीलाई ‘जननायक’ उपाधि सहित सम्मान
मिति: २०२५-१०-२८ , समय : १२:५२:१७ , Our Pradesh
मिति: २०२५-१०-२८ , समय : १२:५२:१७ , Our Pradesh
Our Pradesh
समाजसेवी युवा नेता सलीम अन्सारीलाई ‘जननायक’ उपाधि सहित सम्मा
मोरङ क्षेत्र नं. ५ का जेनजेड पुस्ताका युवाहरूले समाजसेवी युवा नेता तथा बलिउड फिल्मका नायक सलीम अन्सारीलाई ‘जननायक सलीम अन्सारी’ उपाधि सहित सम्मान गरेका छन्।


लोकआस्थाको महापर्व छठ पूजाको अवसरमा आयोजित एक भव्य सांस्कृतिक कार्यक्रममा हजारौंको उपस्थितिमा अन्सारीलाई उक्त उपाधि प्रदान गरिएको हो। कार्यक्रममा अन्सारी प्रमुख अतिथि रहेका थिए।


दीर्घ समयदेखि जनसेवामा सक्रिय अन्सारीले सामाजिक न्याय, समानता र मानवअधिकारका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। विभेद, उत्पीडन र शोषणविरुद्ध सशक्त आवाज उठाउँदै आएका उनी मधेस विद्रोहमा सक्रिय योगदानका कारण ‘मधेसको हिरो’ भनेर समेत परिचित छन्।
कृषकका हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका अन्सारीलाई किसानहरूले पनि ‘किसानको हिरो’ को उपाधिले सम्मान गर्छन्। कोरोना महामारीको कठीन समयमा समेत उनले राहत सामग्री लिएर लकडाउन पीडितको घरदैलोमै पुग्दै मानवीय सेवा गरेका थिए।
कलाकारिता क्षेत्रमा पनि अन्सारी सक्रिय छन्। उनी बलिउडबाट रिलिज भएका दुईवटा चलचित्रमा नायकका रूपमा देखा परेका छन्। सामाजिक दायित्वलाई प्राथमिकता दिने अन्सारीको लोकप्रियता दिनानुदिन उकालो लागिरहेको बताइन्छ।
कार्यक्रमका आयोजक जेनजेड युवा समूहका अनुसार अन्सारीको योगदान र नेतृत्व क्षमता हेरी उनलाई ‘जननायक सलीम अन्सारी’ उपाधिले सम्मा
न गरिएको हो।
प्रकाशित मिति: २०२५-१०-२८ , समय : १२:५२:१७ , २ महिना अगाडि