मुख्यमन्त्री कार्कीद्वारा महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीमा श्रद्धाअर्पण र शुभकामना व्यक्त

मिति: २०२५-११-११ , समय : ०८:१७:५४ , Our Pradesh

Our Pradesh

मुख्यमन्त्री कार्कीद्वारा महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीमा श्रद्धाअर्पण र शुभकामना व्यक्

 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु, समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको १४१औँ जन्मजयन्तीको अवसरमा श्रद्धाअर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्।

 

मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए। उनले बाल्यकालदेखि नै समाज सुधारमा लाग्नुभएका महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

 

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै कार्कीले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। महागुरुको ‘सत्य बोल्ने, अहिंसा अपनाउने, नारीको सम्मान गर्ने’ सन्देश आज पनि जीवनपथका अमूल्य प्रेरणाका स्रोत भएको उनले जोड दिए।

 

मुख्यमन्त्री कार्कीले महागुरुको आदर्शबाट प्रेरित भई शान्त, समृद्ध र सहिष्णु समाज निर्माणमा सबै एकजुट हुनुपर्नेमा पनि जोड दिएका छन्। साथै, प्रदेश सरकारले यहाँको भाषा, संस्कृति र लिपिको संरक्षण तथा सम्बर्द्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै संवैधानिक व्यवस्था अनुसार भाषाहरूलाई प्रयोगमा ल्याइने प्रतिवद्धता दोहोर्याएका छन्।

 

महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा समे

त दिएको छ।

प्रकाशित मिति: २०२५-११-११ , समय : ०८:१७:५४ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित