पत्रकार–कलाकार वीरेन्द्र साहको अभिनयमा नयाँ मैथिली गीत ‘जाईछे त जो हमर, जान लेने जो’को म्यूजिक भिडियो छायांकन सम्पन्न

मिति: २०२५-११-११ , समय : २१:४९:०५ , Our Pradesh

Our Pradesh

विराटनगरका प्रतिष्ठित कलाकार तथा पत्रकारहरूको अभिनय रहेको नयाँ मैथिली गीत ‘जाईछे त जो हमर, जान लेने जो’ को छायांकन विराटनगर र आसपासका विभिन्न स्थानमा सम्पन्न भएको छ।

पत्रकार नवीन कर्णको शब्दरचनामा तयार भएको यस गीतमा प्रमुख भूमिका पत्रकार–कलाकार वीरेन्द्र साहले निभाएका छन्।  सुनबर्सी नगरपालिकाका घर भएका वीरेन्द्र शाह समाजसेवामा अग्रसर तथा सानैदेखि पत्रकारिता तथा कलाकारितामा रुचि राख्ने गर्ने गरेको छ। त्यति मात्र नभएर उनी राजनीतिमा पनि कम उमेरमा उच्च ठाउँ हासिल गरेका छन्। उनलाई चर्चित कलाकार विजय कामत र काजल कर्णले साथ दिएका छन्।

 

गीतमा संगीतकार धर्मेन्द्र शर्माको संगीत रहेको छ भने मधेश प्रदेशका सुप्रसिद्ध गायक राकेश पासमानले स्वर दिएका छन्। केही दिनअघि विराटनगरसँगै कटहरी गाउँपालिका, महेशपुरको ग्रामीण परिवेशमा यस गीतको छायांकन गरिएको थियो।

 

म्यूजिक भिडियो कार्तिक राजवंशीले निर्देशन गरेका हुन्। छायांकन धिरेन्द्र साह, श्रृंगार अशोक मण्डल, र ड्रोन छायांकन फिरोज आलमले गरेका छन्।

 

निर्मात्री विनिता कर्णका अनुसार, पछिल्ला वर्षहरूमा मैथिली म्यूजिक भिडियोहरूमा द्विअर्थी र अश्लील शब्दहरूको प्रयोग बढ्दै गएको अवस्थामा, भाषाको मौलिकता जोगाउने उद्देश्यले यो गीत निर्माण गरिएको हो।

 

बिरह रसमा आधारित यो गीत चाँडै **‘मैथिली अनलाइन’**को युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। यसअघि, मैथिली अनलाइनले छठ पर्वको अवसरमा नेपाली भाषामा पारम्परिक धुन र लयमा आधारित छठ गीत सार्वजनिक गरेको थियो, जसलाई दर्शकले अत्यधिक रुचाएका थिए।

प्रकाशित मिति: २०२५-११-११ , समय : २१:४९:०५ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित