इकाई प्रहरी कार्यालय सिजुवाको ‘क्याम्पेन अगेंस्ट नार्कोटिक्स (CAN)’ सफल : लगातार चार जना पक्राउ
मिति: २०२५-१२-०१ , समय : ०९:५२:१७ , Our Pradesh
मिति: २०२५-१२-०१ , समय : ०९:५२:१७ , Our Pradesh
Our Pradesh
¦इकाई प्रहरी कार्यालय सिजुवाको ‘क्याम्पेन अगेंस्ट नार्कोटिक्स (CAN)’ सफल : मङ्सिर ८ र मङ्सिर १५ गते गरी चार जना पक्राउ


मोरङ — अवैध लागुऔषध नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय सिजुवाले सञ्चालन गरिरहेको ‘क्याम्पेन अगेंस्ट नार्कोटिक्स (CAN)’ अभियान पछिल्ला दिनमा प्रभावकारी बन्दै गएको छ। अभियान अन्तर्गत मङ्सिर ८ गते र मङ्सिर १५ गते दुई फरक घटनाबाट चार जनालाई नियन्त्रणमा लिन प्रहरीले सफलता हासिल गरेको छ। दुवै घटनामा प्रहरीले झन्डै ६ ग्राम बराबरको अवैध लागुऔषध बरामद गरेको जनाएको छ।

पहिलो घटना : मङ्सिर ८ गते ५५० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ



मङ्सिर ८ गते (२०८२/०८/०८) नियमित गस्ती तथा सूचनाका आधारमा सिजुवा प्रहरीले पथरी–सानिश्चरे क्षेत्रका दुई व्यक्तिलाई ५५० मिलिग्राम अवैध लागुऔषधसहित पक्राउ गरेको थियो। पक्राउ परेकाहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
दोस्रो घटना : मङ्सिर १५ गते चप्पलको सोलमा ५.५६ ग्राम ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
मङ्सिर १५ गते (२०८२/०८/१५) भारततर्फबाट ससाना प्लाष्टिकका डल्ला बनाई चप्पलको सोलभित्र सुपर ग्लु प्रयोग गरी ५.५६ ग्राम ब्राउन सुगर लुकाइ ल्याउँदै गरेका दुई जनालाई इलाका प्रहरी कार्यालय सिजुवा र प्रहरी चौकी डोरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।
यद्यपि पक्राउ परेकाहरूको परिचय सार्वजनिक गरिएको छैन, प्रारम्भिक अनुसन्धानमा लागुऔषध तस्करीका लागि नयाँ तरिका अपनाइ सीमा प्रयोग गर्न खोजिएको खुलेको प्रहरीले जनाएको छ। बरामद पदार्थ परीक्षण तथा मुचुल्का प्रक्रियामा रहेको बताइएको छ।
सिजुवा प्रहरीले ‘क्याम्पेन अगेंस्ट नार्कोटिक्स (CAN)’ सञ्चालन गरेयता सूचना संकलन, सीमाक्षेत्र निगरानी, विशेष चेकिङ तथा स्थानीय समुदायसँगको सहकार्य उल्लेखनीय रूपमा प्रभावकारी बनेको जनाएको छ। दुवै घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएका छन्।
प्इलाका प्रहरी कार्यालय सिजुवाका इन्चार्ज इन्सपेक्टर कैलाश लिम्बूले लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिइएको जनाउँदै भने,
“लागुऔषध तस्करी र दुव्र्यसनीविरुद्ध शून्य सहनशीलता अपनाइएकै कारण पछिल्ला दिनमा निरन्तर सफलता पाइएको
हो। अभियानलाई अझ सशक्त बनाइनेछ।”
प्रकाशित मिति: २०२५-१२-०१ , समय : ०९:५२:१७ , २ हप्ता अगाडि