रतुवामाईमा ट्रकबाट ६७८ के.जी. गाँजा बरामद
मिति: २०२५-१२-०७ , समय : २१:५३:२२ , Our Pradesh
मिति: २०२५-१२-०७ , समय : २१:५३:२२ , Our Pradesh
Our Pradesh

मोरङको रतुवामाई नगरपालिका–१ हटियाडाँडामा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। मिति २०८२/०८/२१ गते दिउँसो करिब १६:०० बजेतिर आमबारीबाट सोनापुरतर्फ गइरहेको प्र.१–०१–००१ख ३८२५ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्सपेक्टर कैलाश लिम्बूको कमाण्डमा खटिएको प्रहरी टोलीले रोकि चेकजाँच गर्दा ट्रकको डाला भित्र विशेष रूपमा फल्स डाला तयार गरी लुकाइ–छिपाइ राखिएको अवस्थामा ६७८ के.जी. (छ सय अठहत्तर किलोग्राम) गाँजा फेला पारेको हो।



प्रहरीका अनुसार गम्भीर शंका उत्पन्न भएपछि विस्तृत रूपमा चेकजाँच गरिएको थियो। डाला भित्रको संरचना अस्वाभाविक देखिएपछि प्रहरीले फल्स डाला खोलेर हेर्दा ठूलो मात्रामा गाँजा प्याकेटबन्द अवस्थामा भेटिएको हो।

उक्त लागूऔषध तस्करीमा संलग्न आरोपमा ट्रक चालक समेल राई, जिल्ला धनकुटा सहिदभूमि गाउँपालिका–२ बस्ने, तथा ट्रकका मालिक विक्रम विशुङ्खे, स्थायी ठेगाना वार्ड नं.–१ बस्ने,लाई प्रहरीले घटनास्थलमै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवा लगिएको छ।
प्रहरीले बरामद गरिएको गाँजा, ट्रक र पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-०७ , समय : २१:५३:२२ , ७ दिन अगाडि