संघीय सरकारले हुलाकी राजमार्ग निर्माणको सम्झौता तोडेपछि कठहरीका मेयर चौधरीले भने— “छ महिनाभित्र हामीले नै पूरा गर्छौं”

मिति: २०२५-१२-१० , समय : ०७:३५:३९ , Our Pradesh

Our Pradesh

कटठरी गाउँपालिकाका मेयर देवराज चौधरीले प्रकाशित ‘हिमालय टाइम्स’ मा आएको समाचारबारे प्रतिक्रिया दिँदै उक्त जानकारी आफूले पहिल्यै श्रेष्ठ कन्स्ट्रक्सन र हुलाकी सडक निर्देशनालय मार्फत पाएको बताएका छन्।

 

उनका अनुसार आज विहानै एनटीभी र मकालु टेलिभिजन का पत्रकारले अन्तर्वार्ता मागेपछि उनले ठेक्का टुटिसकेको पुष्टि गर्दै सो सम्बन्धमा कार्यपालिका बैठक बसेर आवश्यक मर्मत तथा आगामी प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको जानकारी दिएका छन्।

 

मेयर चौधरीले आगामी २५ गते सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाइएर विषयमा थप छलफल हुने बताउँदै कामलाई प्रभावकारी र द्रुत गतिमा अघि बढाउने योजनाबारे जानकारी दिए।

उनले टेलिभिजन अन्तर्वार्तामा बोल्दै, परियोजनालाई PPP (Public Private Partnership) मोडेल मार्फत अघि बढाउने तयारी रहेको र पालिकालाई आवश्यक अधिकार प्रदान गरेमा ६ महिनाभित्रै काम सम्पन्न गर्न सकिने दाबी गरे।

 

चौधरीका अनुसार यो मोडेल लागू भएमा नेपालमै पहिलो उदाहरणका रूपमा उभिन सक्नेछ।

प्रकाशित मिति: २०२५-१२-१० , समय : ०७:३५:३९ , ४ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित