मोरङ–५: कांग्रेसले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवार सिफारिस गर्‍यो, सहमतिका लागि फैयाज राईनले नाम फिर्ता

मिति: २०२५-१२-१० , समय : १८:३५:५० , Our Pradesh

Our Pradesh

मोरङ क्षेत्र नम्बर ५ का लागि नेपाली कांग्रेस क्षेत्र समितिले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाउँदै केन्द्रमा पठाएको छ।

प्रत्यक्षतर्फ केन्द्र कार्यालयबाट दुई जना पुरुष र एक महिलाको नाम सिफारिस गर्ने परिपाटी आएको भए पनि स्थानीय स्तरमा भएको छलफल र सहमतिपछि तीन जनै पुरुषको नाम अन्तिममा पठाइएको क्षेत्र समितिले जनाएको छ।

 

प्रत्यक्ष तर्फ समितिले हसन अन्सारी, राजेश गुप्ता र फूलकुमार अधुवानीलाई सिफारिस गरेको हो। महिला तर्फ निर्मला सुवेदीको एकल नाम पठाइएको छ। सहमति कायम गर्न फैयाज रा यनले प्रत्यक्षतर्फबाट आफ्नो नाम अन्तिम समयमा फिर्ता लिएका थिए।

 

समानुपातिकतर्फ सिफारिस भएका नाम

 

पुरुष

 

1. रामनारायण मण्डल

 

 

2. अर्जुन निरौला

 

 

3. सुबोध कुमार सिंह

 

 

4. अंगदेव शाह सोनार

 

 

 

महिला

 

1. कमल कमला श्रेष्ठ

 

 

2. अश्विनी मण्डल

 

 

3. मीना मुर्मुर

 

 

राष्ट्रिय सभा — कोशी प्रदेश

 

महिला

 

मिता आचार्य

 

 

खुला निर्वाचन

 

जयनाथ मण्डल

 

हरिनाथ सिंह

 

क्षेत्र समितिले सिफारिस गरेको सम्पूर्ण नाम अब केन्द्रमा पुगेको छ र अन्तिम निर्णय नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गर्ने छ।

 

प्रकाशित मिति: २०२५-१२-१० , समय : १८:३५:५० , ४ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित