“मोरङ क्षेत्र २ र ५ मा नेकपा एमालेका नयाँ उम्मेदवारको चर्चा”

मिति: २०२५-१२-१२ , समय : ११:१६:०२ , पारस मण्डल

पारस मण्डल

मोरङ — नेकपा एमालेको आगामी चुनावका लागि मोरङका केही क्षेत्रहरुमा नयाँ उम्मेदवारको चर्चा सुरु भएको छ।

विश्वसनीय स्रोतका अनुसार मोरङ क्षेत्र नम्बर २ बाट दुर्गाविष्ट र लिला बल्लभ अधिकारी आकांक्षी उम्मेदवारका रूपमा अघि आएका छन्।

त्यसैगरी, मोरङ क्षेत्र नम्बर ५ बाट मनोज अग्रवालको नाम चर्चामा रहेको छ। बाल्यकालदेखि नै बाल एमालेमा आबद्ध अग्रवाल अहिलेसम्म पनि एमालेमै सक्रिय छन् र समाजसेवा गर्दै आएका छन्। रङ्गेली नगरपालिकामा भावी मेयरको रूपमा उनको नाम पनि चर्चामा आएको थियो।

स्रोतका अनुसार, पार्टीभित्रका कार्यकर्ताले उनलाई मोरङ क्षेत्र नम्बर ५ मा युवा र भावी नेताको रूपमा सांसद उम्मेदवार बनाउनुपर्ने जोड दिएका छन्। मनोज अग्रवाल पार्टी मात्र नभई क्षेत्रीय रूपमा पनि लोकप्रिय व्यक्ति मानिन्छन्।

केही स्थानीय नेताहरूको भनाई अनुसार जिन्जी युवाहरूको सेन्टिमेन्ट समेट्न सक्ने युवा भावी सांसदको रुपमा मनोज अग्रवाल आउनुपर्ने बताए।

 

अधिकारिक घोषणा नआउँदासम्म यी नामहरू केवल चर्चा स्तरमै रहेको स्रोतले जनाए

को छ।

 

प्रकाशित मिति: २०२५-१२-१२ , समय : ११:१६:०२ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित