नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आमोद प्रसाद उपाध्यायको निधन
मिति: २०२५-१२-१४ , समय : ०९:१५:४१ , Our Pradesh
मिति: २०२५-१२-१४ , समय : ०९:१५:४१ , Our Pradesh
Our Pradesh
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व शिक्षा मन्त्री आदरणीय आमोद प्रसाद उपाध्यायको ९० वर्षको उमेरमा असामयिक निधन भएको छ। उहाँको मिति २०८२ साल मङ्सिर २७ गते राति ११ बजे निधन भएको हो। उहाँ विगत लामो समयदेखि मुखको क्यान्सर रोगसँग संघर्षरत रहँदै आउनुभएको थियो।


स्वर्गीय उपाध्याय मोरङ जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र नं–१ (हाल क्षेत्र नं–२) का प्रभावशाली नेता हुनुहुन्थ्यो। उहाँलाई नेपाली कांग्रेसका दिवंगत सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका अत्यन्तै निकटतम नेताका रूपमा चिनिन्थ्यो।


उहाँको स्थायी सम्बन्ध मोरङ जिल्लाको रङ्गेली नगरपालिका वडा नं–५ आमगाछीसँग रहँदै आएको थियो। सो स्थानमा उहाँको अहिले पनि कामत (आवासीय संरचना) रहेको छ भने करिब सयौँ बिघा जग्गासमेत रहेको पारिवारिक स्रोतले जनाएको छ।

राजनीतिक जीवनसँगै उहाँले शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। मोरङ क्षेत्रमा उहाँले धेरै उल्लेखनीय व्यक्तित्वहरूलाई शिक्षकका रूपमा शिक्षित र मार्गदर्शन गर्नुभएको थियो। सरल, निष्ठावान र अभिभावकत्वपूर्ण व्यक्तित्वका कारण उहाँ क्षेत्रवासीका लागि सबैका अभिभावकका रूपमा सम्मानित हुनुहुन्थ्यो।
उहाँको निधनले सम्पूर्ण क्षेत्रवासी, नेपाली कांग्रेस परिवार तथा शिक्षा क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ। स्वर्गीय आत्माको वैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त ग
रिएको छ।
प्रकाशित मिति: २०२५-१२-१४ , समय : ०९:१५:४१ , २ महिना अगाडि