सुनवर्षीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
मिति: २०२५-१२-१९ , समय : ०९:३४:१२ , Our Pradesh
मिति: २०२५-१२-१९ , समय : ०९:३४:१२ , Our Pradesh
Our Pradesh
सुनवर्षीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
मोरङको सुनवर्षी नगरपालिका–४ कासीजामस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट बिहीबार राति एक साइकल यात्रीको मृत्यु भएको छ।


गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई राति करिब ८:१५ बजे ठक्कर दिएको थियो। दुर्घटनामा परी साइकल यात्री सुनवर्षी–४ निवासी ६२ वर्षीय जयरामप्रसाद दास गम्भीर घाइते भएका थिए।


घाइते दासलाई उपचारका लागि तत्काल रंगेली अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा राति करिब ८:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–४ का २७ वर्षीय अकलेशकुमार मण्डल पनि घाइते भएका छन्। मध्यम अवस्थाका उनलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर घटनाको आवश्यक अनुसन्धान सुरु गरेको
जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-१९ , समय : ०९:३४:१२ , ७ घन्टा अगाडि