उर्लाबारी–आमबारी सडकखण्डमा मोटरसाइकल र फोर्स गाडी ठोक्किँदा एक शिक्षक गम्भीर घाइत
मिति: २०२५-१२-२२ , समय : ०८:२७:४३ , Our Pradesh
मिति: २०२५-१२-२२ , समय : ०८:२७:४३ , Our Pradesh
Our Pradesh
उर्लाबारी–आमबारी सडकखण्डमा मोटरसाइकल र फोर्स गाडी ठोक्किँदा एक गम्भीर घाइ
मोरङको रतुवामाई नगरपालिका–स्थित उर्लाबारी–आमबारी सडकखण्डमा मोटरसाइकल र फोर्स गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटना सोमबार बिहान भएको हो।



आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को १ ख ४५५१ नम्बरको फोर्स गाडी र सिजुवाबाट आमबारीतर्फ आउँदै गरेको प्रदेश १–०४–००२ प २१७५ नम्बरको यामाहा एफजेडएस मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।




घाइते हुनेमा डोटी घर भई हाल सिजुवा माध्यमिक विद्यालयमा कार्यरत ओमराज ओझा रहेको जनाइएको छ। दुर्घटनापछि फोर्स गाडी चालक फरार भएका छन्।
घाइतेको उपचार भइरहेको र घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-२२ , समय : ०८:२७:४३ , १ महिना अगाडि