मोरङ क्षेत्र नम्बर ५: एमालेमा उम्मेदवारको नाममा चर्चा तेज
मिति: २०२५-१२-२४ , समय : २१:३२:४७ , Our Pradesh
मिति: २०२५-१२-२४ , समय : २१:३२:४७ , Our Pradesh
Our Pradesh
मोरङ क्षेत्र नम्बर ५: एमालेमा उम्मेदवारको नाममा चर्चा ते
विराटनगर। आगामी निर्वाचनलाई लक्षित गर्दै मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवारको रूपमा राम लाल शाह, ज्ञानेश्वर राजवंशी र मनोज अग्रवाल तीनजना एमालेका पुराना कार्यकर्ताको नाम प्रबल रुपमा अघि आएको छ।





सूत्रका अनुसार नेकपा एमालेको इतरपक्ष समूह, ईश्वर पोखरेल समूह, यसबारे सक्रिय रहेको र यी व्यक्तिहरूको नाम चर्चामा रहेको बताएका छन्। विशेष स्रोतले जानकारी दिएका छन् कि मनोज अग्रवाल समूहमा अत्याधिक रुचाइएको व्यक्तित्व हुन् भने यदि रामलाल शाह र ज्ञानेश्वर राजवंशीको नाम प्रस्तावित भयो भने उनी सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताइएको छ।


त्यस्तै, एमालेको अर्का समूह केपी ओली समूहबाट पनि उम्मेदवारको नाममा चर्चा भएको छ। यस समूहबाट रङ्गेली नगरपालिकाका मेयर दिलीप बगडियाको नाम चर्चामा आएतापनि स्रोतका अनुसार उनी मोरङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने मनसाय राख्दै हुनुहुन्छ।

एमाले भित्रको उम्मेदवार चयन र क्षेत्रीय शक्ति सन्तुलनका विषयमा विभिन्न समूहबीच छलफल जारी रहेको बुझिएको छ। निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ५ मा उम्मेदवारको अन्तिम चयन कसरी हुने भन्ने विषयमा दलभित्रै चासो बढेको छ।
प्रकाशित मिति: २०२५-१२-२४ , समय : २१:३२:४७ , १ महिना अगाडि