कांग्रेसको ६ लाख ६६ हजार क्रियाशील सदस्यता नवीकरण सम्पन्न
मिति: २०२५-१२-२५ , समय : २०:४०:०२ , Our Pradesh
मिति: २०२५-१२-२५ , समय : २०:४०:०२ , Our Pradesh
Our Pradesh
नेपाली कांग्रेसले अहिलेसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको जनाएको छ। बिहीबारसम्म करिब ७५ प्रतिशत सदस्यता नवीकरण भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए।



कांग्रेसमा कुल ८ लाख ८९ हजार सदस्य छन्। छुटपुट दर्ता र केही स्थानका विवाद आन्तरिक छलफलबाट टुंग्याउने निर्णय भएको छ। जनसम्पर्क समितिअन्तर्गत ओमान, यूएई र साउदी अरबका क्रियाशील सदस्यता पनि टुंग्याइएको छ।

विवाद भएका सुर्खेत, काठमाडौँ–६ र पर्सामा नवीकरण फारम पठाएर केन्द्रमै नवीकरण गर्ने निर्णय गरिएको छ। साथै जनता समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तुका लागि ५७५ वटा सदस्यता नवीकरण फारम दिने निर्णय भएको छ।

प्रकाशित मिति: २०२५-१२-२५ , समय : २०:४०:०२ , ३ हप्ता अगाडि