पेट्रोलियम पदार्थको मूल्य घट्यो

मिति: २०२५-१२-३१ , समय : २१:०२:४८ , Our Pradesh

Our Pradesh

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बिहीबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ।

त्यसैगरी हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर ६ रुपैयाँले घट्दा अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौँका लागि प्रतिकिलोलिटर ४२ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ। त्यसैगरी एलपी ग्यासको दाम बढेता पनि नेपाल सरकारले यसको दाम नबढाउने निर्णय गर्यो।

प्रकाशित मिति: २०२५-१२-३१ , समय : २१:०२:४८ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्