नेकपा एमाले मोरङ–५ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस
मिति: २०२६-०१-०६ , समय : १३:२०:१७ , Our Pradesh
मिति: २०२६-०१-०६ , समय : १३:२०:१७ , Our Pradesh
Our Pradesh
नेकपा एमाले मोरङ–५ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि ७ जनाको नाम सिफारि
यही फागुनमा हुन गइरहेको संसदीय निर्वाचनका लागि नेकपा एमाले मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा ७ जनाको नाम अन्तिम सिफारिस गर्दै जिल्ला कमिटी तथा प्रदेश कमिटीमा पठाइएको छ।

सिफारिस सूचीको पहिलो नम्बरमा मनोज अग्रवालको नाम राखिएको छ भने युवाहरूको प्रतिनिधित्व गर्दै मजर आलमको नाम पनि समावेश गरिएको छ। त्यसैगरी सिफारिस सूचीमा दिलसाद आलम, वीरेन्द्र यादव, मिना देवी यादव, डा. उद्धव पोखरेल र विक्रम तिवारीको नाम समेत समावेश गरिएको छ।

उम्मेदवार सिफारिसको प्रक्रियामा सुरुमा मनोज अग्रवालले सर्वसम्मतको वातावरण बनाउन आफूलाई उम्मेदवारको सूचीबाट हटाएर अरू नेताहरूलाई अघि बढ्न आग्रह गरेका थिए। तर पार्टीका कार्यकर्ता तथा नेताहरूले उनको नाम पनि अनिवार्य रूपमा समावेश हुनुपर्ने धारणा राखेपछि सहमतिका आधारमा उनको नाम पहिलो नम्बरमा राखेर पठाइएको हो।

यस सम्बन्धमा क्षेत्रीय संयोजक सुखदेव यादवले उम्मेदवार छनोट सहमतिमै गरिएको जानकारी दिएका छन्। उनले विशेष कुराकानीमा ‘आवर प्रदेश’लाई उम्मेदवार सिफारिस प्रक्रिया र निर्णयबारे जानकारी गराएका हुन्।

पार्टीले सांसदका रूपमा योग्य र सक्षम व्यक्तिहरूको नाम सिफारिस गरेको बताउँदै अन्तिम निर्णय पार्टीको केन्द्रीय नेतृत्वले गर्ने जनाएको छ।
प्रकाशित मिति: २०२६-०१-०६ , समय : १३:२०:१७ , १ हप्ता अगाडि