कांग्रेस विशेष महाधिवेशन आजदेखि, उद्घाटनअघि उपत्यकाका ६ स्थानबाट जुलुस
मिति: २०२६-०१-११ , समय : ०८:२०:११ , Our Pradesh
मिति: २०२६-०१-११ , समय : ०८:२०:११ , Our Pradesh
Our Pradesh
कांग्रेस विशेष महाधिवेशन आजदेखि, उद्घाटनअघि उपत्यकाका ६ स्थानबाट जुलु
काठमाडौं, २७ पुस — नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। सोमबारसम्म चल्ने महाधिवेशनको उद्घाटन आज मध्यान्ह १२ बजे हुने तय भएको छ।

कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने उद्घाटन कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्व रहनेछ। पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको भए पनि देउवाले भने सहभागी नहुने जनाएका छन्। संस्थापन पक्षले विशेष महाधिवेशन अस्वीकार गर्दै आजकै दिन जिल्ला सभापति र युवा भेला बोलाएको छ।



उद्घाटन कार्यक्रमअघि विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहान ११ बजे ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस सुरु हुनेछ।

जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ। आजै बन्दसत्र पनि प्रारम्भ गरिने आयोजक समितिले जनाएको छ।
छ वटा रुटमार्फत निकालिने जुलुसमा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ताको सहभागिता रहनेछ। महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।
प्रकाशित मिति: २०२६-०१-११ , समय : ०८:२०:११ , ४ दिन अगाडि