नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा प्रतिनिधिको संख्या २६६२ पुगेको छ
मिति: २०२६-०१-११ , समय : २२:३४:१६ , Our Pradesh
मिति: २०२६-०१-११ , समय : २२:३४:१६ , Our Pradesh
Our Pradesh
नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा प्रतिनिधिको संख्या २६६२ पुगेको
काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुल्ने प्रतिनिधिहरूको संख्या अहिले २ हजार ६ सय ६२ पुगेको छ।


विशेष महाधिवेशन सचिवालयले साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार, हालसम्म २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। प्रतिनिधिहरू क्षेत्र अनुसार यस प्रकार रहेका छन्: कोशी ४२५, मधेश ४४६, बागमती ४३२, गण्डकी २९६, लुम्बिनी ३९८, कर्णाली १३४, सुदूरपश्चिम १५८, उपत्यका १७८ र भ्रातृ संगठन, शुभेच्छुक तथा जनसम्पर्कमार्फत १९५ जना।
आइतबार बिहान ८ बजेदेखि प्रतिनिधिहरूले नाम दर्ता प्रक्रिया सुरु गरेका थिए। प्रत्येक प्रतिनिधिको नाम दर्ताको शुल्क एक हजार रुपैयाँ तोकिएको छ। महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गरेका थिए।
नेपाली कांग्रेसमा देशभर ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन्।
विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौंमा सम्पन्न भइसकेको छ भने बन्दसत्र भोलि बिहान १० बजेबाट सुरु हुने जानकारी दिइएको छ।



प्रकाशित मिति: २०२६-०१-११ , समय : २२:३४:१६ , ४ दिन अगाडि