महर्षि मेही कृषि सहकारीको १३औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न
मिति: २०२६-०१-१४ , समय : १०:२४:४४ , Our Pradesh
मिति: २०२६-०१-१४ , समय : १०:२४:४४ , Our Pradesh
Our Pradesh
महर्षि मेही कृषि सहकारीको १३औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्
मोरङ — “आजको आवश्यकता, सहकारीमा आबद्धता” भन्ने मूल नाराका साथ महर्षि मेही कृषि सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सोमबार, २०८२ साल गत्ते २८ गते भव्य रूपमा सम्पन्न भएको छ।



मोरङ जिल्लाकै उत्कृष्ट सहकारी संस्थाको रूपमा सम्मानित महर्षि मेही कृषि सहकारीले आफ्नै खाद्यान्न अनाज भवनको प्राङ्गणमा साधारणसभा आयोजना गरेको थियो।

साधारणसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार संस्थाले कुल ४ करोड ३३ लाख ३६ हजार ४ सय ६१ रुपैयाँ लगानी गरेको छ। संस्थाले १ करोड १६ लाख ४१ हजार ७ सय ८३ रुपैयाँ २९ पैसा आम्दानी गरी १ करोड ११ लाख ६४ हजार ८५ रुपैयाँ ९६ पैसा खर्च गरेको जनाएको छ। यस अवधिमा संस्थाले ४ लाख ७७ हजार ६ सय ९७ रुपैयाँ ३३ पैसा शुद्ध मुनाफा आर्जन गरेको छ।

संस्थाले आगामी आर्थिक वर्ष २०८२/८३ मा १ करोड ३७ लाख २१ हजार ५ सय रुपैयाँ आम्दानी गर्ने लक्ष्यसहित योजना तय गरेको छ।

वित्तीय कारोबारसँगै संस्थाले स्थानीय कृषि क्षेत्रका विभिन्न समस्या सहजीकरण गर्दै कृषकहरूलाई व्यवसायिक रूपमा सक्षम बनाउने उद्देश्य लिएको जनाएको छ। कृषकहरूको उत्पादन लागत तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै हाल उत्पादन भएका खाद्यान्न अनाजको कृषि मण्डी बजार अवधारणा अनुसार खरिद–बिक्री तथा भण्डारण समेत गर्दै आएको संस्थाले जानकारी दिएको छ।
संस्थाको वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना अध्यक्ष अशेश्वर प्रसाद साहले प्रस्तुत गर्नुभएको थियो भने धितो मूल्याङ्कन संयोजक रामनारायण मण्डलले स्वागत मन्तव्य दिनुभएको थियो।
संस्थामा हाल ६ सय ८० जना शेयर सदस्य आबद्ध छन्। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शेयर सदस्यलाई ऋणी मात्र नभई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका तथा धनपालथान गाउँपालिकामा कृषि तथा व्यवसायिक क्षेत्रमा कारोबार गर्दै आइरहेको संस्थाले जनाएको छ।
साधारणसभाका अवसरमा ७ जना जेष्ठ नागरिक सदस्य, ५ जना उत्कृष्ट बचतकर्ता, ५ जना उत्कृष्ट ऋणी, २ जना उत्कृष्ट बाल बचतकर्ता, ८ जना कर्मचारी तथा १ जना युवा कृषि उद्यमीलाई दोसल्ला, अबिर, माला र सम्मानपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड, कोशी प्रदेश प्रमुख चिरञ्जीवी तिम्सिनाले पानसमा दियो बालेर तथा महर्षि मेहीको तस्बिरमा माल्यार्पण गर्दै साधारणसभाको उद्घाटन गर्नुभएको थियो।
विशिष्ट अतिथिहरूमा जिल्ला कृषि सहकारी संघ लिमिटेड, बेलबारीका उपाध्यक्ष सोवित पौडेल, रंगेली नगरपालिका कृषि विभाग प्रमुख वीरेन्द्र मण्डललगायत विभिन्न वित्तीय संघ–संस्था तथा कार्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सचिव अमित कुमार यादवले गर्नुभएको थियो भने साधारणसभाको संयोजन कन्हैया लाल साहले गर्नुभएको थियो। संस्थाका अध्यक्ष अशेश्वर प्रसाद साहको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।
प्रकाशित मिति: २०२६-०१-१४ , समय : १०:२४:४४ , १ दिन अगाडि