मोरङ–५ रङ्गेलीमा नेपाली कांग्रेस प्रचारप्रसारमा निकै पछाडि
मिति: २०२६-०१-२५ , समय : २०:११:१८ , Our Pradesh
मिति: २०२६-०१-२५ , समय : २०:११:१८ , Our Pradesh
Our Pradesh
मोरङ क्षेत्र नम्बर ५ रङ्गेलीमा चुनावी प्रचार जोर–शोरले भइरहेको छ। बिहानैदेखि विभिन्न दलका उम्मेदवार घरदैलो र चिया पसल चोकमा स्थानीयसँग भेट गर्दै भोट मागिरहेका छन्।


निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा करिब १ लाख ४ हजार मतदाता रहेका छन्। रङ्गेलीका चारवटा वार्डमा करिब १२ हजार निर्णायक मत रहेको छ, जुन गत निर्वाचनमा पनि निर्णायक बनेको थियो। त्यसपटक स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल अत्याधिक मतले विजयी भएका थिए। यसपालि उनले आफ्नै राष्ट्रिय ऊर्जाशील पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन्।



नयाँ राजनीतिक दलहरूले पनि पार्टी कार्यालय स्थापना गरिसकेका छन्। तर नेपाली कांग्रेस प्रचारमा निकै पछाडि परेको देखिएको छ। क्षेत्रको बलियो उम्मेदवार माने पनि पार्टीले अहिलेसम्म एउटा वार्ड बैठक समेत आयोजना गर्न सकेको छैन। नयाँ उम्मेदवार फूलकुमार लालबानीले स्थानीय कार्यकर्तासँग भेट नगरेकाले उत्साह भएता पनि चिन्ता र गुनासो बढेको छ।


अन्य दलका उम्मेदवारहरू भने घरदैलो, बैठक र चोक–चोकमा सक्रिय छन्। जसपा नेपालका राजकुमार यादव, नेकपा एमालेका मनोज अग्रवाल र नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डल स्थानीय भेटघाटमा अग्रसर देखिएका छन्।

विश्लेषकहरूका अनुसार नेपाली कांग्रेसले यसरी प्रचार जारी राखे आगामी निर्वाचनमा पछाडि पर्ने सम्भावना प्रबल छ।
प्रकाशित मिति: २०२६-०१-२५ , समय : २०:११:१८ , १ हप्ता अगाडि