निर्वाचनको प्रचारप्रसारको क्रममा कतिवटा गाडी प्रयोग गर्न पाइन्छ र के गर्न पाइँदैन?

मिति: २०२६-०१-२९ , समय : ०८:४७:१५ , Our Pradesh

Our Pradesh

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारमा सवारीसाधन प्रयोग गर्दा आचारसंहिता पालना गर्न आग्रह गरेको छ। आयोगले अनुमति बिना सवारीसाधन प्रयोग गरे सम्बन्धित उम्मेदवारलाई कारबाही हुने प्रष्ट पारेको छ।

आयोगको मापदण्डअनुसार, उम्मेदवारले अधिकृतको अनुमति लिएर मात्र सम्बन्धित निर्वाचन क्षेत्र वा स्थानमा बढीमा दुईवटा दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे हलुका यान्त्रिक वा विद्युतीय सवारीसाधन प्रयोग गर्न सक्नेछन्। त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न पाइनेछ। विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न भने निषेध छ।

अनुमति प्राप्त सवारीको स्वरूप परिवर्तन गरी प्रयोग गर्न, वा अन्य उम्मेदवारलाई दिन, वा मतदाता ओसारपसारका लागि प्रयोग गर्न पाइदैन। यद्यपि, हिंडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, बच्चा बोकेकी महिला, अपांगता भएका व्यक्ति वा ज्येष्ठ नागरिकका लागि सवारी प्रयोग गर्न अनुमति प्राप्त गर्न सकिने आयोगले जनाएको छ।

अनुमति बिना प्रचार सामग्री प्रदर्शन गरेमा ट्राफिक प्रहरी वा सुरक्षाकर्मीले सवारी नियन्त्रणमा लिन सक्नेछन्। प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ।

प्रकाशित मिति: २०२६-०१-२९ , समय : ०८:४७:१५ , ६ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्