मोरङ–२ मा डा. मिनेन्द्र रिजालको घरदैलो अभियान तीव्र, जनतासँगै बसेर समस्या सुन्दै र समाधानको भरोसा

मिति: २०२६-०२-०९ , समय : ०८:०२:५८ , Our Pradesh

Our Pradesh

नेपाली कांग्रेसका मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार डा. मिनेन्द्र रिजाल पछिल्लो समय जनताको घरघरमा पुगेर उनीहरूका समस्या, गुनासो र दुःख–सुख प्रत्यक्ष रूपमा सुन्न व्यस्त रहेका छन्। जनतामाझै बसेर उनीहरूको आवाज सुन्ने, साथ दिने प्रतिबद्धता व्यक्त गर्ने र समस्या समाधानका लागि व्यवहारिक सुझाव संकलन गर्ने कार्यमा उनी सक्रिय देखिएका छन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका डा. रिजाल अनुभवी, जनतामैत्री र उत्तरदायी नेताका रूपमा परिचित छन्। त्यसपश्चात २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसकी उम्मेदवार सुजिता कोइराला प्रतिनिधिसभा चुनावमा सहभागी भएकी थिइन्, जहाँ उनी नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन्।

अघिल्लो निर्वाचनको परिणामलाई आत्मसात गर्दै यसपटक डा. रिजाल जनताको विश्वास जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्। प्रत्यक्ष संवाद, अनुभवी नेतृत्व र समस्या समाधानप्रतिको प्रतिबद्धताका कारण मोरङ–२ मा डा. मिनेन्द्र रिजालप्रति जनचासो र अपेक्षा बढ्दै गएको स्थानीयवासी बताउँछन्।

प्रकाशित मिति: २०२६-०२-०९ , समय : ०८:०२:५८ , २१ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित