चलचित्र पत्रकार संघ, कोशी प्रदेशमा वीरेन्द्र कुमार शाह अध्यक्ष, पारस मण्डल सदस्य निर्वाचित

मिति: २०२६-०३-२३ , समय : २१:५४:१६ , Our Pradesh

Our Pradesh

बिराटनगर – चलचित्र पत्रकार संघ, कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले वीरेन्द्र कुमार शाहको अध्यक्षतामा संघलाई नेतृत्व दिने नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

कार्यक्रम विराटनगरको होटल रुबिजमा भव्य रूपमा सम्पन्न भएको थियो। प्रमुख अतिथिको रूपमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला उपस्थित थिए।

नयाँ कार्यसमितिमा चयन भएका पदाधिकारीहरू यस प्रकार छन्:

अध्यक्ष: वीरेन्द्र कुमार शाह

उपाध्यक्ष: रमेश तिवारी

महिला उपाध्यक्ष: गोमा ढुङ्गाना

महासचिव: विकल श्रेष्ठ

सचिव: तुलसीप्रसाद निरौला

समावेशी सचिव: सोम सुनुवार

कोषाध्यक्ष: गोपाल काफ्ले

सदस्यहरू: पारस मण्डल, स्नेहा श्रेष्ठ, रेखा पौडेल, निशान कँडेल, कविता घिमिरे, गोपाल पौडेल, सुनिल यादव

गत कार्यसमितिमा बिरेन शाह उपाध्यक्ष पदमा थिए।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर वलामी, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका सल्लाहकार भीषण राई, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका सचिव रवीन कट्टेल, चलचित्र पत्रकार संघ नेपाल झापाका अध्यक्ष एकराज प्रधान लगायतले शुभकामना व्यक्त गर्दै मन्तव्य दिएका थिए।कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कोशी प्रदेशका ईञ्चार्ज नरेन्द्र बस्नेत र सहसचिव विकल श्रेष्ठले गरेका थिए।

प्रकाशित मिति: २०२६-०३-२३ , समय : २१:५४:१६ , ४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित