विराटनगरमा चैत्र २५ गते ‘साइकलथोन’ प्रतियोगीता आयोजना हुदै
मिति: २०२३-०४-०३ , समय : १६:२७:२६ , आवर प्रदेश
मिति: २०२३-०४-०३ , समय : १६:२७:२६ , आवर प्रदेश
आवर प्रदेश
सरिता कर्मकार
विराटनगर । विराटनगरमा ‘रोटेटरी क्लब अफ विराटनगर फ्उजन’ द्धारा २५ गते शनिबारको दिन ‘साइकलथोन’ प्रतियोगीता आयोजना गर्ने भएको छ ।
साइकलथोन बिहान ६:३० बजे जैन भवन बाट सुरु हुनेछ । २० किलो मिटरको दुरीमा साईकलथोको रुट तय भएता पनि रुट भने तय भइसकेको छैन । १६ वर्ष माथीका सबैले भाग लिन सक्ने छन् ।रजिष्ट्रेशन फि रु १००० रहेको छ । टिकटको लागि आगनमा व्यवस्था रहेनुको साथै खल्ती एप बाट पनि फर्म भर्ने सुबिधा रहेको छ । पुरुषहरुको लागि गेयर र नंन गेयर साईकलको विकल्प रहेको छ भने महिलाहरुको लागि जुनै साईकलले पनि सहभागिता हुन सक्ने छन् । प्रथम हुनेलाई रु ३०,००० दोस्रो हुनेलाई रु १५,००० र तेस्रो हुनेलाई रु १०,००० रहेको छ ।
साईकलथोनको लागि ३०० मानिसले सहभागिता हुने लक्ष्य रहेको छ । मेडिकल पर्टनर बिराट नर्सिङ अस्पताल रहेको छ ।
सहभागिहरुलाई प्रमाण पत्र , मेडल , टि-सर्ट , फुड बक्स र जुस ,इभेन्ट बि बि किट , मेडिकल एसिस्टेन्ट लगायत चाहिने सम्पुर्ण व्यवस्था रहेको छ ।
साईकलथोनबाट संकलन भएको रकम आर्दश बालीका स्कुलमाको व्यवस्थापन गर्नुको साथै सेबा सुबिधा पुर्याउनु पनि रहेको तोदिले जानकारी दिइन् ।
प्रकाशित मिति: २०२३-०४-०३ , समय : १६:२७:२६ , २ वर्ष अगाडि