कांग्रेसले बोलायो विस्तारित बैठक, गगन थापाले बुथ कमिटीसम्मका सभापतिलाई सम्बोधन गर्दै
मिति: २०२६-०४-१९ , समय : १०:५२:४० , Our Pradesh
मिति: २०२६-०४-१९ , समय : १०:५२:४० , Our Pradesh
Our Pradesh
काठमाडौँ — नेपाली कांग्रेसले काठमाडौँ जिल्लाको निर्वाचन परिणामको समीक्षा गर्न विस्तारित बैठक बोलाएको छ। धुम्बाराहीस्थित सूर्य क्याटरिङमा आज दिउँसो १२ बजेका लागि बैठक तय गरिएको छ।

बैठकमा पार्टीका सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी भई बुथ कमिटीसम्मका सभापतिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


पार्टीका एक पदाधिकारीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ जिल्लामा आएको प्रतिकूल परिणामका कारणबारे गम्भीर छलफल गरिनेछ। समीक्षा बैठकमार्फत कमजोरी पहिचान गर्दै आगामी रणनीति तय गर्ने तयारी गरिएको छ।

बैठकमा काठमाडौँ महानगरसहित दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुर नगरका सभापतिहरू तथा ती पालिकाअन्तर्गतका सबै बुथ कमिटीका सभापतिलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
बैठकलाई सम्बोधन गर्दै सभापति थापाले संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे निर्देशनात्मक मन्तव्य दिने कार्यक्रम रहेको जनाøइएको छ।
प्रकाशित मिति: २०२६-०४-१९ , समय : १०:५२:४० , ५ महिना अगाडि