चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित
मिति: २०२६-०४-१९ , समय : १२:५६:२७ , Our Pradesh
मिति: २०२६-०४-१९ , समय : १२:५६:२७ , Our Pradesh
Our Pradesh

काठमाडौँ — चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न २३औँ साधारण सभाबाट बलामी ८३ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत प्राप्त गरेका थिए।


निर्वाचनमा कुल १५२ मत खसेको थियो। उपाध्यक्ष (कार्यक्रम) पदमा कुबेर गिरी ८३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी जीवन पराजुली ४५ मतमा सीमित भए।


त्यसैगरी, उपाध्यक्ष (संगठन) मा विजय आवाज, महिला उपाध्यक्षमा सुरक्षा भट्टराई निर्वाचित भएका छन्। महासचिव पदमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदै जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी प्रदीप कार्कीले ७४ मत प्राप्त गरेका थिए।

सचिव (खुल्ला) मा नवीन गिरी र सचिव (समावेशी) मा उद्धव रसाइली निर्वाचित भएका छन्। कोषाध्यक्षमा मनिष कार्की विजयी भए।
समावेशी सदस्यमा महमद जलिम तथा महिला सदस्यमा सुष्मा कार्की निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाई, सिपी जैसी र सुरेन्द्र थापा विजयी भएका छन्।
प्रकाशित मिति: २०२६-०४-१९ , समय : १२:५६:२७ , ५ महिना अगाडि