४ दिनपछि श्रीमतीकाे शव बक्रा खोला मा भेटिएपछि श्रीमान पक्राउ
मिति: २०२६-०५-२७ , समय : ०८:०७:५१ , Our Pradesh
मिति: २०२६-०५-२७ , समय : ०८:०७:५१ , Our Pradesh
Our Pradesh
४ दिनपछि श्रीमतीकाे शव भेटिएपछि श्रीमान पक्राउ
१३ जेठ, मोरङ । उर्लाबारी–१ स्थित बक्राहा खोलामा चारदिन देखि बेपत्ता भएकी महिलाको शव सडेको अवस्थामा भेटिएपछी प्रहरीले उनका श्रीमालाई पक्राउ गरेको छ ।


४३ वर्षीया सविता कान्दाङ्वा लिम्बू मृत भेटिएपछि प्रहरीले उनका श्रीमान दिलबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याएको हो।


मंगलबार बिहान उर्लाबारी–१ को लन्डन ब्रिजनजिक काँसघारीमा शव फेला परेको प्रहरीले जनाएको छ। राँगा चराउन गएका स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वली नेतृत्वको टोली घटनास्थल पुगेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार शव अत्यधिक सडेको र सुन्निएको अवस्थामा भेटिएकाले प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न सकेन। घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाइएको उनले बताए।
प्रकाशित मिति: २०२६-०५-२७ , समय : ०८:०७:५१ , ४ महिना अगाडि