सभापति बन्ने चर्चा मा चर्चित चार अनुहार
मिति: २०२६-०५-२८ , समय : १०:३५:२२ , पारस मण्डल
मिति: २०२६-०५-२८ , समय : १०:३५:२२ , पारस मण्डल
पारस मण्डल
सभापति बन्ने प्रतिस्पर्धामा चर्चित चार अनुहार

राष्ट्रिय स्वतन्त्र पार्टीको रङ्गेली नगर अधिवेशन भोलि तिरुपति बालाजी मन्दिरको प्राङ्गणमा हुने भएको छ। अधिवेशन नजिकिँदै जाँदा अबको नगर नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा कार्यकर्ता तथा बजार क्षेत्रमा व्यापक चर्चा सुरु भएको छ।



नगर सभापतिको नेतृत्वका लागि हरेन्द्र राज बराल, परमेश्वर शाह, बजरंग अग्रवाल र महेश खनाललाई प्रमुख आकांक्षीका रूपमा हेरिएको छ। चारै जना आ–आफ्नो राजनीतिक अनुभव, संगठनप्रतिको योगदान तथा जनतामाझ बनाएको छविका कारण चर्चामा रहेका हुन्।

हरेन्द्र राज बराल सुरुदेखि नै रङ्गेलीमा पार्टी संगठन सम्हाल्दै आएका नेताका रूपमा परिचित छन्। संगठन विस्तारदेखि कार्यकर्ता व्यवस्थापनसम्म सक्रिय भूमिका निर्वाह गरेका बरालले यस अधिवेशनमा पनि नगर सभापतिको जिम्मेवारी सम्हाल्ने इच्छा राखेको बुझिएको छ। कार्यकर्तामाझ उनलाई आगामी दिनमा पनि नगरको नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिका रूपमा हेरिएको छ। शान्त स्वभाव तथा पेशाले शिक्षक भएकाले नीति नियम विधान पद्धतिका सम्पूर्ण जानकारी समेत राख्ने गरेका छन्।
त्यसैगरी परमेश्वर शाह लाई युवापुस्ताको नयाँ अनुहारका रूपमा लिइन्छ। संगठनलाई थप बलियो र व्यवस्थित बनाउन सक्ने छवि बनाएका शाहले गुट–उपगुट अन्त्य गर्दै सम्पूर्ण संगठनलाई एकताबद्ध रूपमा अगाडि बढाउने सोच रहेको बताएका छन्। समाजिक कार्यमा अगाडि रूपमा तथा फाउन्डेसन चलाएर गरिब निमुखाको लागि जहिले पनि सहाराको रुपमा अग्रसर रुपमा भूमिका खेल्दै आएका छन् परमेश्वर शाहले

बजरंग अग्रवाल हाल आफ्नो निजी कामले भारतमा रहे पनि पार्टी संगठनमा उनको योगदान र प्रभाव महत्वपूर्ण रहेको कार्यकर्ताहरू बताउँछन्। राजनीतिक परिवारमा हुर्किएका अग्रवाल सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिका रूपमा परिचित छन्। रङ्गेलीका प्रभावशाली युवा नेतामध्ये एक मानिने अग्रवालले पार्टीलाई मजबुत बनाउन निरन्तर भूमिका खेल्दै आएको चर्चा छ। आगामी दिनमा नगरको लागि मेयरको रुपमा समेत चर्चा चलेका छन्।
यस्तै महेश खनाल पनि नगर नेतृत्वको चर्चामा रहेका अर्का प्रभावशाली अनुहार हुन्। रङ्गेली नगरपालिका वडा नं. १ मा लगातार दुई कार्यकाल वडा अध्यक्ष निर्वाचित भएका खनाल जनतामाझ लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन्। विकास, जनसम्पर्क र स्थानीय नेतृत्वका कारण उनले वडाबासीको विश्वास जित्न सफल भएको चर्चा छ।
महेश खनाललाई युवाहरूमा निकै नै लोकप्रिय र रङ्गेलीको लागि एक सक्षम युवा र नगरलाई नेतृत्व गर्ने क्षमता भएको व्यक्तिको रुपमा समेत लिएका छन्।
रङ्गेलीमा अन्य स्थानमा जस्तो गुट–उपगुटको अवस्था नरहेको र संगठनलाई एकताबद्ध ढंगले अघि बढाउने वातावरण बनेको कार्यकर्ताहरू बताउँछन्। अब भोलिको नगर अधिवेशनले रङ्गेलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व कसको हातमा जाने भन्ने विषय टुंगो लगाउनेछ।
प्रकाशित मिति: २०२६-०५-२८ , समय : १०:३५:२२ , ५ महिना अगाडि