रंगेलीमा विशेष अपरेसन : ४ जना लागुऔषधसहित पक्राउ
मिति: २०२६-०६-०१ , समय : १९:५०:०८ , Our Pradesh
मिति: २०२६-०६-०१ , समय : १९:५०:०८ , Our Pradesh
Our Pradesh
इलाका प्रहरी कार्यालय रंगेली तथा लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त समन्वयमा आज दिनभर सञ्चालन गरिएको छुट्टाछुट्टै विशेष अपरेसनका क्रममा चार जना लागुऔषधसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार चोप्रा बोर्डर नजिकबाट मोटरसाइकलमा सवार उर्लाबारी र बेलबारी घर बताउने दुई जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट ७.४०० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, पैदल हिँडिरहेका सुन्दरहरैँचा घर भएका एक जनालाई पक्राउ गरी उनको साथबाट १३.८६० ग्राम खैरो हेरोइन बरामद गरिएको छ।

यस्तै, बेतौनाबाट रंगेलीतर्फ आउँदै गरेका रंगेली–१ निवासी एक जनालाई मोटरसाइकलसहित पक्राउ गरिएको छ। उनको साथबाट ३.००० ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

यसरी विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा जम्मा चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०६-०१ , समय : १९:५०:०८ , ४ महिना अगाडि