अवैध रूपमा ल्याइँदै गरेका ७० ब्रोइलर कुखुरा र भारतीय मोटरसाइकल बरामद

मिति: २०२६-०६-२० , समय : ०८:३४:३४ , Our Pradesh

Our Pradesh

 

मोरङ – मोरङको रंगेली नगरपालिका–५ स्थित आमगाछी सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ७० वटा ब्रोइलर कुखुरा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म साराभाग मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले बिहीबार बिहान भारतबाट नेपालतर्फ आउँदै गरेको BR 38 AP 1571 नम्बरको मोटरसाइकल जाँच गर्दा करिब १८० किलोग्राम तौलका ७० वटा ब्रोइलर कुखुरा फेला पारेको हो।

 

प्रहरीका अनुसार टोलीलाई देख्नासाथ चालक मोटरसाइकल र कुखुरा छाडेर फरार भएका थिए। बरामद मोटरसाइकलको मूल्य १ लाख ५० हजार रुपैयाँ र कुखुराको मूल्य ५४ हजार रुपैयाँ गरी कुल २ लाख ४ हजार रुपैयाँ बराबरको सामान बरामद भएको जनाएको छ।

 

बरामद कुखुरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको तथा मोटरसाइकललाई थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०६-२० , समय : ०८:३४:३४ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित