कान्तिपुरको गेटमा छाडिएको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्ने गरेको खुलेको

मिति: २०२६-०७-१३ , समय : १८:११:३१ , Our Pradesh

Our Pradesh

कान्तिपुरको गेटमा छाडिएको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्ने गरेको खुलेको

काठमाडौं, असार २९ — सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेट अगाडि शंकास्पद अवस्थामा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्ने गरेको खुलेको छ।

प्राप्त जानकारीअनुसार उक्त गाडी केही समयअघि जयसवालले ज्योति कन्सर्नको नाममा खरिदका लागि बुकिङ गरेका थिए। तर हालसम्म गाडीको नामसारी एसटी मोटर्सबाट भएको छैन।

 

रवि जयसवाल रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा हुन्। नगरप्रमुख कन्थमणिले पनि गाडी करिब एक महिनाअघि खरिद गरिएको पुष्टि गर्दै नामसारी प्रक्रिया अझै पूरा नभएको बताए। उनका अनुसार गाडी कहिले रवि स्वयंले त कहिले चालकले चलाउने गरेका थिए।

 

रवि जयसवाल केही समयअघि मात्रै रास्वपामा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका थिए। रास्वपाले गत जेठ ८ गते उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनीत गरेको थियो। उनी तत्कालीन महामन्त्री भूपदेव शाहको प्रस्तावमा उक्त जिम्मेवारीमा नियुक्त भएका थिए।

 

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद रूपमा पार्किङ गरिएको गाडी प्रहरीले क्रेनको सहायताले हटाइसकेको छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: २०२६-०७-१३ , समय : १८:११:३१ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित