भन्सार छलीका लत्ताकपडा, औषधिलगायत रु १४.८६ लाखभन्दा बढीका सामान बरामद
मिति: २०२६-०७-२१ , समय : ०९:२२:५४ , Our Pradesh
मिति: २०२६-०७-२१ , समय : ०९:२२:५४ , Our Pradesh
Our Pradesh
भन्सार छलीका लत्ताकपडा, औषधिलगायत रु १४.८६ लाखभन्दा बढीका सामान बराम
विराटनगर, साउन ४ — सशस्त्र प्रहरी बल नेपालले मोरङका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका लत्ताकपडा, कस्मेटिक सामग्री, औषधि, कागती तथा सवारी साधनसहित कुल रु १४ लाख ८६ हजार ४८० बराबरका सामान बरामद गरेको छ।



सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी, मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी सिटी सफारीमा लोड गरेर ल्याइँदै गरेको करिब रु ३ लाख ५० हजार बराबरको लत्ताकपडा बरामद गरेको हो। साथै, बिलबिजकबिनै कुरियरमार्फत पठाउन तयारी अवस्थामा रहेको अन्दाजी रु ५ लाख ८० हजार २८० बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक सामग्री पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।



त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय रानीबाट खटिएको ड्युटी टोलीले विभिन्न स्थानबाट भन्सार मूल्य रु ५ लाख ५२ हजार ४६० बराबरका औषधि, स्कुटर, सिटी सफारी तथा कागती बरामद गरेको जनाएको छ।
बरामद गरिएका सवारी साधन, सामान तथा सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
प्रकाशित मिति: २०२६-०७-२१ , समय : ०९:२२:५४ , २ महिना अगाडि