सुनबर्सीमा ‘टिभी च्याम्पियन क्लब’ गठन, क्षयरोग नियन्त्रणमा समुदायको सक्रिय सहभागिता बढाइने
मिति: २०२६-०७-२७ , समय : २०:४४:५६ , Our Pradesh
मिति: २०२६-०७-२७ , समय : २०:४४:५६ , Our Pradesh
Our Pradesh
सुनबर्सीमा ‘टिभी च्याम्पियन क्लब’ गठन, क्षयरोग नियन्त्रणमा समुदायको सक्रिय सहभागिता बढाइने


मोरङ, सुनबर्सी। नेपाल सरकार, ग्लोबल फण्ड र यूएनडीपीबीचको त्रिपक्षीय साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग परियोजना अन्तर्गत सोमबार (२०८३ साउन ११ गते) सुनबर्सी नगरपालिका–२ स्थित वडा कार्यालयको सभाहलमा ‘टिभी च्याम्पियन क्लब’ गठन गरिएको छ। समुदायस्तरमा क्षयरोगको रोकथाम, समयमै पहिचान, उपचारमा पहुँच सुनिश्चित गर्न तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्लब गठन गरिएको हो।


सुन
बर्सी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको अध्यक्षमा राधाकृष्ण राजवंशी, उपाध्यक्षमा चन्द्रप्रसाद माझी, सचिवमा बबिता शर्मा र कोषाध्यक्षमा निर्मला ऋषिदेव चयन भएका छन्।


कार्यक्रमका प्रमुख अतिथिका रूपमा जिल्ला स्वास्थ्य कार्यालय मोरङका क्षयरोग अधिकृत मनोज खत्री उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा सुनबर्सी नगरपालिका–२ का वडा अध्यक्ष विनोद कुमार राजवंशी सहभागी थिए। कार्यक्रममा बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक रामप्रवेशकुमार महतो लगायत स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

नवगठित टिभी च्याम्पियन क्लबले समुदायमा क्षयरोग सम्बन्धी जनचेतना फैलाउने, प्राविधिक परामर्श तथा मार्गदर्शन उपलब्ध गराउने, क्लबका गतिविधिको नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने, शंकास्पद तथा संक्रमित बिरामीलाई स्वास्थ्य संस्थासम्म रेफरल गर्ने, क्लिनिक तथा उपचार सेवासँग समन्वय गर्ने तथा बिरामीलाई नियमित उपचारमा जोड्न सहयोग गर्ने जिम्मेवारी निर्वाह गर्ने जनाइएको छ।
कार्यक्रममा वक्ताहरूले क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएकाले समयमै परीक्षण, नियमित उपचार र समुदायको सक्रिय सहभागिताबाट यसको नियन्त्रण सम्भव हुनेमा जोड दिएका थिए।
प्रकाशित मिति: २०२६-०७-२७ , समय : २०:४४:५६ , २ महिना अगाडि