सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने

मिति: २०२६-०८-१२ , समय : १०:१३:२३ , Our Pradesh

Our Pradesh

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि पदबाट राजीनामा दिने भएका छन्।

 

प्रदेशको पछिल्लो राजनीतिक समीकरणमा आएको बदलावसँगै सरकार सञ्चालनका लागि आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था बनेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।

 

मुख्यमन्त्री शाहले भोलि बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै आफ्नो राजीनामाको घोषणा गर्ने तयारी गरेका छन्। बहुमत गुम्ने अवस्था बनेपछि संवैधानिक तथा राजनीतिक निकासका लागि उनले मार्गप्रशस्त गर्न लागेको बताइएको छ।

 

प्रदेश सभामा बदलिएको राजनीतिक समीकरणसँगै अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने देखिएको छ।

प्रकाशित मिति: २०२६-०८-१२ , समय : १०:१३:२३ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित