रतुवामाई–९ को शिव मन्दिरमा पटक–पटक चोरी, २३ वर्षीय युवक पक्राउ

मिति: २०२६-०९-०७ , समय : ११:३६:३० , Our Pradesh

Our Pradesh

रतुवामाई–९ को शिव मन्दिरमा पटक–पटक चोरी, २३ वर्षीय युवक पक्रा

मोरङ । रतुवामाई नगरपालिका–९, भौडाहास्थित शिव मन्दिरमा पटक–पटक चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई इलाका प्रहरी कार्यालय सिजुवाद्वारा पक्राउ गरी अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार रातिको करिब १२ बजेको समयमा मन्दिरभित्र प्रवेश गरी दानपेटिका तथा पित्तलका मूर्तिहरू चोरी गरिएको घटनाको अनुसन्धानका क्रममा रतुवामाई नगरपालिका–८ निवासी दिनेश सहनीका २३ वर्षीय छोरा रोहित सहनीलाई पक्राउ गरिएको हो।

उक्त मन्दिरमा यसअघि पनि पटक–पटक चोरी भएको र सोही घटनासहित पछिल्लो चोरीबारे अनुसन्धान गर्दै जाँदा सहनी पक्राउ परेको प्रहरीको विवरणमा उल्लेख छ।

पक्राउ परेका सहनीमाथि चोरीसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका सिजुवाले जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-०७ , समय : ११:३६:३० , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित