नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत, कार्यसमितिमा रंगेलीका दुई पत्रकार
मिति: २०२६-०९-०८ , समय : १८:१०:४४ , Our Pradesh
मिति: २०२६-०९-०८ , समय : १८:१०:४४ , Our Pradesh
Our Pradesh
नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत, कार्यसमितिमा रंगेलीका दुई पत्रका

विराटनगर । नेपाल प्रेस युनियन मोरङको १२औँ अधिवेशनबाट भोजराज बस्नेतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ।


नयाँ कार्यसमितिको उपाध्यक्षमा गोपाल पोखरेल र प्रशान्त निरौला, महिला उपाध्यक्षमा उषा सरदार, सचिवमा सन्तोषकुमार बास्तोला, सहसचिवमा अनुज सापकोटा र अञ्जना पराजुली तथा कोषाध्यक्षमा दिलीप अग्रवाल चयन भएका छन्।


त्यस्तै सदस्यहरूमा सरस कट्टेल, शुभास भण्डारी, पारस मण्डल, दिपेन्द्र साह, विवेक मेहता, प्रेम पारख, अफताफ अली, दिपा धिमाल र समय घिमिरे चयन भएका छन्।
रंगेलीबाट आवर प्रदेशका सञ्चालक पारस मण्डल जिल्ला सदस्य तथा मकालु टेलिभिजनका सम्बद्ध दिलीप अग्रवाल कोषाध्यक्षमा चयन भएका हुन्। रंगेलीका दुई पत्रकार जिल्ला कार्यसमितिमा महत्वपूर्ण जिम्मेवारीमा पुग्नुलाई स्थानीय पत्रकारिता क्षेत्रका लागि सकारात्मक उपलब्धिका रूपमा लिइएको छ।
प्रकाशित मिति: २०२६-०९-०८ , समय : १८:१०:४४ , २ महिना अगाडि