जनकी पोलिकेमद्वारा बाढीपहिरो पीडितका लागि रु. ५ लाख २१ हजार सहयोग

मिति: २०२६-०९-१६ , समय : ०८:३०:०९ , Our Pradesh

Our Pradesh

जनकी पोलिकेमद्वारा बाढीपहिरो पीडितका लागि रु. ५ लाख २१ हजार सहयोग

मिति २०८३/०५/१० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, स्याङ्जा, नुवाकोट, धादिङ, गोरखा लगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति Janaki Polychem Pvt. Ltd., कटहरी–६, मोरङ ले दुःख व्यक्त गरेको छ।

 

प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा पीडित नागरिकहरूको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीका कर्मचारीहरूबाट संकलित रु. २१,००० तथा कम्पनीको तर्फबाट रु. ५,००,००० गरी जम्मा रु. ५,२१,००० सहयोग रकम आज मिति २०८३/०५/३० गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

 

Janaki Polychem Pvt. Ltd. ले विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।

 

कम्पनीले बाढीपहिरोका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, प्रभावित सम्पूर्ण नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

प्रकाशित मिति: २०२६-०९-१६ , समय : ०८:३०:०९ , ७ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित