मोरङ–५ प्रदेश ‘क’ सभापतिमा वेदमणि घिमिरेको बलियो दाबेदारी : रङ्गेलीबाट नेतृत्व हुँदा समग्र क्षेत्र नै सुदृढ हुने विश्लेषण
मिति: २०२६-०९-२५ , समय : २१:५४:१६ , Our Pradesh
मिति: २०२६-०९-२५ , समय : २१:५४:१६ , Our Pradesh
Our Pradesh
मोरङ–५ प्रदेश ‘क’ सभापतिमा वेदमणि घिमिरेको बलियो दाबेदारी : रङ्गेलीबाट नेतृत्व हुँदा समग्र क्षेत्र नै सुदृढ हुने विश्लेष

रङ्गेली (मोरङ)

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ प्रदेश ‘क’ को सभापति पदका लागि रङ्गेली–७ निवासी युवा नेता वेदमणि घिमिरेले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन्।

मोरङ क्षेत्र नम्बर ५ को भौगोलिक तथा सामाजिक संरचना निकै विशिष्ट रहेको छ। विराटनगर महानगरपालिकाका विभिन्न वडादेखि रङ्गेलीको आमगाछीसम्म फैलिएको यस क्षेत्रमा दुई प्रदेश निर्वाचन क्षेत्र पर्दछन्। बहुजातीय, बहुभाषिक, सांस्कृतिक तथा भौगोलिक विविधताले भरिपूर्ण यस क्षेत्रमा संगठनलाई गति दिन र सबै वर्ग–समुदायलाई जोड्न सक्ने क्षमतावान् नेतृत्वका रूपमा घिमिरेलाई अघि सारिएको छ।


फाउन्डेसनदेखि सहकारीसम्म कुशल नेतृत्वको अनुभव
घिमिरे केवल राजनीतिक कार्यकर्तामा मात्र सीमित नभई विभिन्न सामाजिक तथा संस्थागत नेतृत्वमा सफल साबित भइसकेका व्यक्तित्व हुन्। उनले गिरिजाप्रसाद कोइराला (जिपि) फाउन्डेसन मोरङको नेतृत्व (सभापति) सम्हाल्दै संगठन, सामाजिक सेवा र विचार निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

यसैगरी, आर्थिक तथा सामाजिक रूपान्तरणको मुख्य आधार मानिने सहकारी क्षेत्रमा समेत उनको योगदान विशिष्ट रहेको छ। विभिन्न सहकारी संस्थाहरूमा आबद्ध भई उनले संस्थालाई संस्थागत, पारदर्शी र व्यवस्थित ढंगले अगाडि बढाउँदै कुशल नेतृत्व प्रदान गरेको लामो अनुभव छ। सामाजिक उत्तरदायित्व, वित्तीय सुशासन र सहकार्यको यही अनुभवले उनलाई एक परिपक्व व्यवस्थापक र जनउत्तरदायी नेताका रूपमा स्थापित गरेको छ।
कुशल नेतृत्व क्षमता, स्पष्ट तथा तार्किक वक्तृत्व, मिलनसार स्वभाव र जनताको सुख–दुःखमा सदैव अग्रपंक्तिमा उभिने शैलीका कारण घिमिरेले छोटो समयमै पार्टीपंक्ति र आमजनमानसमा दरिलो विश्वास आर्जन गर्न सफल भएका छन्। कुनै पनि गुटगत आग्रह, पूर्वाग्रह वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको सुदृढीकरण र सहकार्यको राजनीतिलाई प्राथमिकता दिँदै आएका घिमिरे हाल नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसमिति सदस्यका रूपमा समेत सक्रिय भूमिकामा छन्। प्रदेशस्तरीय कार्यक्रमहरूमा उनको सांगठनिक स्पष्टता, वैचारिक प्रस्तुति र सक्रियतालाई स्थानीय नेता तथा कार्यकर्ताहरूले सकारात्मक रूपमा लिँदै आएका छन्।
रङ्गेलीबाट नेतृत्व आवश्यक : विश्लेषकहरूको मत
मोरङ क्षेत्र नम्बर ५ लाई सांगठनिक रूपमा थप मजबुत, प्रतिस्पर्धी र एकताबद्ध बनाउनका लागि यसपटक रङ्गेली क्षेत्रबाटै नेतृत्व आउनु रणनीतिक रूपमा महत्त्वपूर्ण हुने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ। भौगोलिक सन्तुलन मिलाउन तथा रणनीतिक केन्द्रका रूपमा रहेको रङ्गेलीका योग्य व्यक्तिलाई प्रदेश सभापतिको जिम्मेवारी दिँदा त्यसले समग्र क्षेत्र नम्बर ५ कै कांग्रेस संगठनलाई भोलिका दिनमा थप चलायमान र सशक्त बनाउने उनीहरूको तर्क छ।
यसै सन्दर्भमा ‘आवर प्रदेश’ सँग कुराकानी गर्दै एक स्थानीय राजनीतिकर्मीले भने—“घिमिरेजस्तो निष्ठावान्, ऊर्जाशील, सामाजिक संस्था तथा सहकारीमा कुशलता प्रमाणित गरिसकेका र सबैलाई मिलाएर लैजान सक्ने व्यक्ति सही ठाउँमा पुगे भने भोलिका दिनमा मोरङ–५ मा नेपाली कांग्रेसले नयाँ उचाइ हासिल गर्नेछ। संगठन निर्माण र चुनावी प्रतिस्पर्धा दुवै मोर्चामा पार्टीलाई निर्णायक बनाउन उहाँको नेतृत्व आजको आवश्यकता हो।”
मोरङ–५ (क) मा फरक–फरक भूगोल र समुदायसँग सहजै घुलमिल हुन सक्ने, सामाजिक परिवेश बुझेको र सबै पक्षसँग निरन्तर संवाद गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला घिमिरेको उम्मेदवारीलाई कार्यकर्ता तहमा निकै उत्साहका साथ हेरिएको छ। संस्थागत अनुभव, जनसम्पर्क र समन्वयकारी क्षमताका कारण वेदमणि घिमिरे यसपटक मोरङ–५ प्रदेश ‘क’ को सभापतिका लागि सबैभन्दा बलिया र सर्वस्वीकार्य दाबेदारका रूप
मा उभिएका छन्।
प्रकाशित मिति: २०२६-०९-२५ , समय : २१:५४:१६ , ३ घन्टा अगाडि