रङ्गेलीमा यात्रु सहायता कक्ष स्थापना

मिति: २०२६-१०-०२ , समय : ११:०१:३४ , Our Pradesh

Our Pradesh

रङ्गेलीमा यात्रु सहायता कक्ष स्थापना

रङ्गेली । विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा यात्रुहरूको सुरक्षा र सहज यात्रालाई मध्यनजर गर्दै मोरङको रङ्गेली बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

 

इलाका प्रहरी कार्यालय रङ्गेली, ट्राफिक प्रहरी पोस्ट रङ्गेली तथा यातायात व्यवसायीसमेतको सहभागितामा स्थापना गरिएको सहायता कक्षबाट यात्रु तथा सर्वसाधारणले यात्राका क्रममा आइपर्ने समस्या तथा गुनासोबारे प्रहरीलाई जानकारी गराउन सक्ने व्यवस्था गरिएको छ।

 

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अशोक झाले यात्रुहरूको सुरक्षा र सुविधालाई प्राथमिकतामा राख्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए। कुनै पनि यात्रु वा नागरिकलाई समस्या परेमा सहायता कक्षमार्फत प्रहरीलाई जानकारी गराउन सकिने उनको भनाइ छ।

 

प्रहरी निरीक्षक झा रङ्गेली आएदेखि नै शान्ति–सुरक्षा कायम गर्नुका साथै लागूऔषध नियन्त्रण, बालबालिकाको मनोबल अभिवृद्धि, बजार क्षेत्रमा जनचेतना तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालनमा सक्रिय रहँदै आएका छन्।

 

चाडपर्वका समयमा यात्रु तथा सर्वसाधारणको सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै स्थापना गरिएको यात्रु सहायता कक्षले यात्राका क्रममा देखापर्ने समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-१०-०२ , समय : ११:०१:३४ , १ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्