पुष ०४ गते बुधबारको तपाईको दैनिक राशिफल

मिति: २०२३-१२-२० , समय : ०८:३९:०० , Our Pradesh

Our Pradesh

श्री शाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पुष ४ गते इ.सं. २०२३ दिसेम्बर २० तारिख बुधबार मार्गशीर्ष शुक्ल पश्री दक्षिणायनक्षको अष्टमी तिथि उत्तराभाद्रपद नक्षत्र व्यतिपात योग बालव करणआनन्दादिमा लुम्ब योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा र सूर्यास्त साँझ १७ः११ मा हुनेछ । बुधाष्टमीव्रत, गोरखकाली पूजा ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदायी छ । नसोचेको काम बन्ने र अनौठो समाचार सुन्न पाइने समय छ । अर्थलाभका अवसर आउने छन् । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । सोचेभन्दा बढी नै लाभ होला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । सामान्य खर्च बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण रहला । आफन्तसुख प्राप्त हुनेछ । पराक्रम बढ्नेछ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): यात्रागत कार्यबाट विशेष लाभ हुने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी एवम् मातृसल्लाहमा गरिएको काममा विशेष सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । आयबल बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल बढ्नेछ तर आर्थिक संकट पर्ने र कतै लेनदेनमा विवादसमेत हुन सक्ने समय छ । घरायसी समस्या पनि आउला । पढाइलेखाइमा ध्यान दिन नसकिएला । मित्र बनेर धोकादिनेहरु सक्रिय होलान् । कामको लागि यात्रा गर्दै हुनुहन्छ भने सफलता मिल्ने योग छ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गलत विचारहरुले काममा बाधा सिर्जना गर्न सक्छ । समयको बचत कम हुने दिन छ । राजनीतिमा हुनेलाई मान सम्मान मिल्ने योग छ । अरुको मन जित्न सकिने छ, । धनलाभ होला । केही मात्रामा घरेलु समस्यामा अल्झनुपर्ने समय छ । आफ्नै बलविवेकले काम बन्नेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेमको बन्धनमा बाँधिने तथा दाम्पत्य सम्बन्ध सुखद रहने दिन छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि होला । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ । सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख वृद्धि हुनेछ । विजयश्री प्राप्त होला ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने समय छ । मनोरञ्जनमा भुलिएला । धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । पढाइमा पाउने सफलता निरन्तर रहने छ । दाम्पत्यसुख बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लेनदेनको समस्याले सताउनेछ भने शत्रु पनि बढ्ने छन् । ब्यापारमा समेत केही घाटा ब्यहोर्नुपर्ला । सानातिना घरायसी काममा समय खर्च हुने । आजको दिन यात्रामा विशेष सावधान रहनुहोला । कम बोलेर काम निकाल्ने प्रयत्न गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आरोग्यबल र प्रेमभाव बढ्नेछ । शुभ समाचार प्राप्त होला । समयले साथ दिनेछ । तपाईंको कुरा काट्नेहरू प्रशंसक बन्नेछन् । नोकरीमा सन्तुष्टि मिल्ला । लेनदेनमा समस्या आउन सक्ने योग छ । समग्रमा मन हर्षित हुने दिन छ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता वृद्धि हुनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्ने दिन छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । मनमा हौसला बढ्नेछ र अधुरा काम बन्नेछ । मन हर्षित भएर आउला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दाम्पत्यसुख एवम् प्रेमसम्बन्धमा सुमधुरता आउने समय छ । स्वास्थ्यस्थितिमा पनि सुधार आउनेछ भने आयआर्जनको स्रोत फेला पर्ला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । कृषिजन्य व्यवसायबाट भने सोचेजस्तो लाभ लिन सकिंँदैन । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग मिल्नेछ । पराक्रम बढ्नेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय राम्रो चलिरहेको भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउन सक्ने योग छ, सावधान रहनु हितकर होला । काममा अवरोध आउनाले धननाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा विशेष ध्यान राख्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । सन्तानसुख बढ्नेछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अधुरा कामहरु बन्ने तथा अरुको विश्वास आफूतिर रहने, आफन्तजनको उचित सहयोग मिल्ने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस होला । प्रेमसम्बन्ध सुमधुर रहनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ भन नयाँ कामको थालनी हुने योग छ । आरोग्यता रहला । मनोकूलको काम बन्नेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।

 

तपाईको दिन शुभ रहोस्

 

प्रतिक्रिया दिनुहोस्

 

प्रकाशित मिति: २०२३-१२-२० , समय : ०८:३९:०० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्