विराटनगरमा पहिलो पटक इस्कोनको आध्यात्मिक प्रवचन

मिति: २०२३-०७-१४ , समय : १६:५०:३३ , ourpradesh

ourpradesh

विराटनगर । विराटनगरमा मंलबार नेपाल अन्तराष्ट्रिय कृष्ण भावना मृत संघ ‘इस्कोन’ले आत्मा साक्षात्कारको विज्ञानको विषयमा प्रवचन भएको छ ।

विरटनगर स्थित सिटी प्यालेसमा सो कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ उपस्थित भएका भक्तहरुले निधारमा चँन्दनको टिका लगाएर भजन कृतन र नाँच गाँन सहिन हरे कृष्णको नाम जाप गरि कार्यक्रको सोभा बढाए । कार्यक्रमा क्रोएशिया बाट आएका गोकुल चन्द्र दास ‘प्रभुजी’ले करिब तिन घण्टा प्रवचन दिए । क्रोएशिया पाप भुमी रहेको तर भारत र नेपाल पुन्य भुमी भएको उनले बताए ।

आज भोली नेपालीहरु आफ्नो धर्म संस्कृति छाडेर बिदेशी संस्कृति तर्फ लाग्दै गहिरेका छन् र विदेशीहरु भने हिन्दु सस्कृति तर्फ लाग्दै गईरहेका छन् त्यसैले आफ्नो संस्कृतिलाई पहिचान गरी माया गरौँ र अन्य धर्म संस्कृतिको पछि नलाग्न, उनले बताए ।

अहिलेका युवा पुस्ताहरुलाई पूर्वीय संस्कृतिको महत्व र फाईदाहरुको विषयमा उनले जानकारी दिए । यस लगायत उनले आत्मज्ञानको विषयमा पनि प्रवचन मार्फत भक्तहरुलाई ज्ञान दिए । उनले अंग्रेजिमा ज्ञान दिए र भक्तहरुलाई बुझन सहज बनाउनका लागि बिराटनगर इस्कानका प्रचारक शैलेन्द्र यादव (दिक्षित नाम सिद्धस्वरुप दास) ले नेपालीमा अनुवाद गरेका थिए ।

उनि पहिला क्रस्चिीय थिए र जब आफ्नो जिवनको महत्व बुझे र हिन्दु धर्मको बारेमा ज्ञान प्राप्त गरे त्यस पस्चात आफ्नो धर्म संस्कृति छाडेर बह्रमचार्यको रुप धारण गरेका हुन् । कार्यक्रममा करीब १५०० जना मानिसहरुको उपस्थिती रहेको थियो ।

क्रोएशीया बाट दुई जना र भारतको सेलम तामील नाडु स्थितको गुरुकुल बाट ३८ जना बह्रमचारीहरुको पनि आगमन रहेको थियो । नेपालमा पहिलो पटक आएर कार्यक्रममा सहभागि हुन पाउदा उनिहरुले खुशी व्यक्त गरेका छन् ।
यस कार्यक्रममा विराटनगर लगायत भारतको जोगबनी बाट पनि भक्तजनहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमा भक्तजनहरुलाई भोजन , प्रसादको पनि व्यवस्था थियो । इस्कोनले यस्तो कार्यक्रमहरु बिगत लामो समय देखि गर्दै आईरहेको तर विराटनगरमा पहिलो पटक आयोजना गरेको हो । कार्यक्रम मनिस राईको अध्यक्षतामा भएको हो । कार्यक्रम बेलुकी ५ बजे बाट सुरु गरिएको थियो ।

प्रकाशित मिति: २०२३-०७-१४ , समय : १६:५०:३३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित