मोरङको सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँसहित तस्कर फरार

मिति: २०२६-०५-११ , समय : १२:३०:३१ , Our Pradesh

Our Pradesh

सशस्त्र प्रहरी बल नेपाल ले मोरङको रतुवामाई नगरपालिका–२ अन्तर्गत पर्ने घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

 

सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको उक्त रकम विशेष चेकजाँचका क्रममा बरामद गरेको हो। गेहेन्द्र भण्डारी का अनुसार प्रहरीले जाँच गर्न खोजेपछि रकम बोकेर आएका व्यक्तिहरू झोला फालेर फरार भएका थिए।

 

बरामद गरिएको रकम सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०५-११ , समय : १२:३०:३१ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्