कांग्रेस महाधिवेशन: कुन पदमा कति उम्मेदवारी? (सूचिसहित)

मिति: २०२६-१०-०७ , समय : ००:०६:५२ , Our Pradesh

Our Pradesh

कांग्रेसको १५औँ महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त, उपसभापति र महामन्त्रीमा पनि कडा प्रतिस्पर्धा

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि मनोनयन दर्ता प्रक्रिया सकिएको छ। सभापतिदेखि सहमहामन्त्री र केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ।

 

मनोनयन दर्ता सकिएसँगै कांग्रेस महाधिवेशनको चुनावी माहोल थप तातेको छ। केही पदमा निर्विरोध निर्वाचित भइसकेका छन् भने अधिकांश पदमा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

 

सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा

 

सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएका छन्। तीनै जनाबीच सभापति पदका लागि प्रतिस्पर्धा हुने भएको छ।

 

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध

 

वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्।

 

खुला उपसभापतिमा ९ जनाको भिडन्त

 

खुला उपसभापतिका दुई पदका लागि डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारी चुनावी मैदानमा छन्।

 

समावेशी उपसभापतिमा पाँच उम्मेदवार

 

समावेशी उपसभापतिको एक पदका लागि विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ।

 

महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

 

महिला उपसभापति पदमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन्।

 

महामन्त्रीमा पनि रोचक प्रतिस्पर्धा

 

महिला महामन्त्रीको एक पदका लागि डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’बीच प्रतिस्पर्धा हुने भएको छ।

 

खुला महामन्त्रीका दुई पदका लागि शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर राणा र सन्तोष उपाध्याय चुनावी मैदानमा छन्।

 

सहमहामन्त्रीका विभिन्न क्लस्टरमा यस्तो छ प्रतिस्पर्धा

 

खसआर्य: जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत।

 

आदिवासी जनजाति: बहादुरसिंह लामा र तारामान गुरुङ।

 

मधेसी: महेन्द्र यादव, अजय चौरासिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्तकुमारी यादव।

 

दलित: नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली।

 

थारु: तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी।

 

अल्पसंख्यक/अपांगता: नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पा।

 

मुस्लिम: फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसलमान।

 

खुला: अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदी।

 

पिछडिएको क्षेत्र: कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्ट।

 

महिला: नानु बस्तोला र प्रतिमा गौतम।

 

मनोनयन दर्ता सकिएसँगै अब कांग्रेस महाधिवेशनको मुख्य ध्यान निर्वाचनतर्फ केन्द्रित भएको छ। विभिन्न पदमा उम्मेदवारहरूबीच सहमति, समर्थन र मतपरिणामको आकलन तीव्र बनेको छ।

 

कांग्रेसको १५औँ महाधिवेशनमा बिहीबार मतदान हुने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: २०२६-१०-०७ , समय : ००:०६:५२ , ४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित