मोरङबाट कांग्रेसको १५औँ महाधिवेशनमा २५ जनाको दाबेदारी

मिति: २०२६-१०-०७ , समय : १६:२३:४६ , Our Pradesh

Our Pradesh

मोरङबाट कांग्रेसको १५औँ महाधिवेशनमा २५ जनाको दाबेदार

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङबाट विभिन्न पद तथा क्लस्टरमा उम्मेदवारी दिएका नेताहरूको विवरण जिल्ला कार्यसमितिको सम्पर्कमा आएको छ।

मोरङ जिल्ला कार्यसमितिको सम्पर्कमा हालसम्म आएको विवरणअनुसार मोरङबाट विभिन्न पद तथा क्लस्टरमा गरी जम्मा २५ जना उम्मेदवारको नाम आएको छ। यसमा महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न क्लस्टरका उम्मेदवारहरू रहेका छन्।

महामन्त्री

खुला १. डा. सुनिल शर्मा
२. गुरुराज घिमिरे

महिला १. डा. डिला संग्रौला

सहमहामन्त्री

खुला १. अमृतकुमार अर्याल

केन्द्रीय सदस्य

कोशी प्रदेश भूगोल १. जनार्दन निरौला
२. बाबुराम कोइराला (बासु)
३. विश्वनाथ रिजाल
४. विमल संग्रौला

पेशागत १. काशीनाथ चुडाल
२. मनोज घिमिरे
३. केशव निरौला

खस आर्य १. विनोद कार्की
२. भीम पराजुली

युवा खुला — कोशी प्रदेश १. सरोज थापा
२. हेम काजी बस्नेत
३. सुबिन पराजुली
४. मदन भण्डारी

युवा खुला महिला — ३५ वर्षमुनि १. पूर्णिमा देव
२. योसिका भट्टराई
३. एरिका ढकाल
४. रक्षा यादव

महिला जनजाति १. शोभा चेङ्जिङ

महिला खुला १. डा. सीता घिमिरे

प्रजातान्त्रिक सेनानी १. सत्यनारायण माझी थारु

मुस्लिम १. डा. अताबुल मन्सुरी

युवा खुला केन्द्र १. मुजाहिद हक

यसरी हेर्दा महामन्त्रीतर्फ ३ जना, सहमहामन्त्रीतर्फ १ जना र केन्द्रीय सदस्यका विभिन्न क्लस्टरतर्फ २१ जना गरी जम्मा २५ जनाको नाम मोरङ जिल्ला कार्यसमितिको सम्पर्कमा आएको देखिन्छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले पनि १५औँ महाधिवेशनका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ।

नोट: माथिको मोरङसम्बन्धी २५ जनाको सूची जिल्ला कार्यसमितिको सम्पर्कमा आएको विवरणलाई आधार बनाएर तयार गरिएको हो। यो सूचीलाई केन्द्रीय निर्वाचन समितिको अन्तिम/आधिकारिक नामावलीसँग तुलना गर्दा नाम वा क्लस्टरमा थपघट हुन सक्ने सम्भावना रहन्छ।

प्रकाशित मिति: २०२६-१०-०७ , समय : १६:२३:४६ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित