मोरङका न्यायिक समितिहरूको जिल्ला स्तरीय भेला लेटाङमा, सुनवर्षीकी उपप्रमुख मिरादेवी दासको सहभागिता
मिति: २०२६-१०-१५ , समय : ०८:२२:३५ , Our Pradesh
मिति: २०२६-१०-१५ , समय : ०८:२२:३५ , Our Pradesh
Our Pradesh
लेटाङ, मोरङ। मोरङ जिल्लाभरिका स्थानीय तहका न्यायिक समितिहरूको असल अभ्यास आदानप्रदानसम्बन्धी जिल्ला स्तरीय भेला लेटाङ नगरपालिकामा आयोजना गरिएको छ। भेलामा सुनवर्षी नगरपालिकाकी नगर उपप्रमुख मिरादेवी दाससहित जिल्लाका विभिन्न पालिकाका न्यायिक समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

स्थानीय तहका न्यायिक समितिहरूले न्याय सम्पादनका क्रममा अपनाएका असल अभ्यास, अनुभव, चुनौती तथा समाधानका उपायहरू एकअर्कासँग आदानप्रदान गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी सुनवर्षी नगरपालिकाकी उपप्रमुख मिरादेवी दासले यस्ता कार्यक्रमले स्थानीय तहका न्यायिक समितिहरूबीच अनुभव साटासाट गर्ने, एकअर्काबाट सिक्ने तथा न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँका अनुसार यस्ता भेलाबाट प्राप्त ज्ञान र असल अभ्यासलाई आ–आफ्नो पालिकामा कार्यान्वयन गर्न सके नागरिकले सहज, निष्पक्ष र छिटो न्याय पाउने वातावरण निर्माण गर्न सहयोग पुग्नेछ।

⇓

स्थानीय तहमा न्यायिक समितिको भूमिका प्रभावकारी बनाउन यस्ता कार्यक्रमले आपसी समन्वय, सहकार्य र सिकाइलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। साथै, नागरिकका विवादलाई स्थानीय स्तरमै कानुनी प्रक्रिया र मेलमिलापका माध्यमबाट समाधान गर्न पनि यस्ता अनुभव आदानप्रदान कार्यक्रम उपयोगी हुने विश्वास लिइएको छ।


यस महत्वपूर्ण कार्यक्रमको अवसर जुटाइदिनुभएकोमा लेटाङ नगरपालिकाकी उपप्रमुखप्रति सुनवर्षी नगरपालिकाकी उपप्रमुख मिरादेवी दासले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति: २०२६-१०-१५ , समय : ०८:२२:३५ , २१ घन्टा अगाडि