अर्यालले फेरे रङ्गेली अस्पतालको परिचय — एक डाक्टर जसलाई बिरामीले भगवान ठाने

मिति: २०२५-०५-१० , समय : १८:४२:०७ , पारस मण्डल

पारस मण्डल

रङ्गेली, मोरङ — जब डा. सुरज अर्यालले २०८० सालको मङ्सिर महिनामा वरिष्ठ फिजिसियनको रूपमा रङ्गेली अस्पतालमा पाइला टेके, त्यो क्षणबाटै यो अस्पतालको गति र गरिमा दुवै बदलिन थाल्यो। सामान्य ग्रामीण अस्पतालको छवि बोकेको रङ्गेली अस्पताल आज एक भरोसायोग्य र समर्पित सेवा केन्द्रको रूपमा स्थापित भएको छ, जसको केन्द्रबिन्दु बनेका छन् — डा. सुरज अर्याल।

 

साधारण बालकदेखि असाधारण चिकित्सकसम्मको यात्रा

वनस्थली माध्यमिक विद्यालयबाट आफ्नो प्रारम्भिक अध्ययन सुरु गरेका डा. अर्यालले +२ VS निकेतनबाट गरेका थिए। जनकपुरस्थित जानकी मेडिकल कलेजबाट MBBS र नोवेल मेडिकल कलेज, विराटनगरबाट MD पूरा गरेपछि उहाँले चिकित्सा क्षेत्रको सेवा यात्रा आरम्भ गर्नुभयो। त्यो सेवा अहिले रङ्गेली अस्पतालका गल्लीहरूमा प्रेरणाको गाथा बनेर गुन्जिरहेको छ।

 

बिहे, बेहोस आमा र एक डाक्टर — जसले बदलिदिए जीवन

 

एक वास्तविक घटनाले डा. अर्यालको सेवा–भावनाको गहिरो परिचय दिन्छ। बिरामीका छोरा आशिष मण्डल भन्छन् —

“बिहे भएको दिन मेरी आमा बिहान ५ बजे अचानक बेहोस हुनु भयो। म उहाँलाई रङ्गेली अस्पताल लगे। इमर्जेन्सीमा सूचना पुग्नेबित्तिकै डा. अर्याल निद्राबाट हाफपेन्ट र स्यान्डोमै दौडेर आइपुग्नुभयो। साँस हराइरहेकी मेरी आमालाई उहाँले फर्काइदिनुभयो। त्यो दिन मेरो आमाको ज्यान बच्यो, र मेरो बिहे पनि सम्पन्न भयो। उहाँ साँच्चै भगवान सरह हुनुहुन्छ।”

 

रङ्गेली अस्पतालको मेरुदण्ड – डा. अर्याल

 

OPD, Emergency, ICU, Dialysis देखि अस्पताल व्यवस्थापनसम्म – सबै क्षेत्रको बोझ एक्लै काँधमा राखेर सेवा दिनु डा. अर्यालको परिचय हो। बिहान ७ बजेदेखि नै विभिन्न रोग लिएर आउने बिरामीहरूको लर्को लाग्छ – थाइराइड, सुगर, प्रेसरदेखि मुटु तथा नशा रोगसम्म। भारतको सीमावर्ती क्षेत्रमा समेत उहाँको ख्याति फैलिएको छ।

 

उनको प्रयासमा सुरु भए ICU र Dialysis सेवा

 

रङ्गेली अस्पतालमा पहिले नदेखिएका सेवा – ICU र Dialysis – डा. अर्यालकै पहलमा सुरु भए। यसले अस्पतालको सेवा विस्तारमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। बिरामीको चापसँगै विश्वासको दर पनि झनै उचाइमा पुगेको छ।

सेवा नै धर्म हो भन्ने विश्वासमा जीउँदै एक सच्चा चिकित्सक

 

आवर प्रदेशसँगको कुराकानीमा डा. अर्यालले भने —

“मेरो लागि बिरामी नै पहिलो हुन्। जुनसुकै बेला, जुनसुकै अवस्था किन नहोस्, जब बिरामी आउँछन्, म सधैं तयार छु। सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ।”

अब उहाँ DM गर्ने तयारीमा छन्, त्यसैले केही समयपछि पढाइको निम्ति रङ्गेली अस्पतालबाट छुट्टी लिने योजना रहेको बताउनुभयो।

 

रङ्गेली अस्पतालको बदलिँदो परिचयको मूलमा यदि कोही छन् भने, त्यो डा. सुरज अर्याल नै हुन्। उहाँको समर्पण, परिश्रम र मानवीय संवेदनशीलता एउटा अस्पतालको मात्र होइन, समग्र समाजको प्रे

रणाको केन्द्र बन्न पुगेको छ।

प्रकाशित मिति: २०२५-०५-१० , समय : १८:४२:०७ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित